तस्बीर हेरेर पशुपतिकाे मुड चेच्ज

  २०७६ फागुन १६ गते २१:३९     विकासन्युज

काठमाडौं । फुर्सदको समय निस्कने बित्तीकै डाँडा काँडामा हाइकिङ गर्न निस्कने नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं उद्यमी पशुपति मुरारका दुई चार दिनको फुर्सद मिलेमा प्राकृतिक सुन्दरतामा रमाउन हिमश्रृङखलासम्म चढ्छन् ।

भ्रमणमा निस्कदा मोवाइलबाट उनले खिचेका तस्विर हेर्दा लाग्छ फोटोग्राफीमा सौखिन पत्रकार हुन् । उनी व्यस्त समयलाई छल्दै शुक्रबार विहान साढे दश वजे नेपाल आर्ट काउन्सिल पुगेका थिए ।

फोटो पत्रकार क्लवले ववरमहलस्थित आर्ट काउन्सिलमा प्रदर्शनीमा राखेको नेपालकै सवैभन्दा ठूलो प्रतियोगिता बाट छानिएका १७६ तस्विरको प्रदर्शनी अवलोकन गर्न पुगेका मुरारकाले झण्डै एक घण्टा प्रदर्शित तस्विर हेरेर बिताए । प्रदर्शनीमा राखिएका केही तस्विर हेरेर मुरारका प्रसन्न भए भने केही तस्विरले उनलाई गम्भिर अवस्थामा पुर्यायो ।

विशेष गरी नेपालको प्राकृतिक सुन्दरता, डाँडा काँडा देखिएका तस्विरमा खुलेरै रमाएका उनी समाजको यथार्थ परक दृष्यहरुमा गम्भीर बनेका थिए । दुर्घटना र हिंस्रक तस्विरमा उनी चिन्तित देखिए ।

अवलोकन पछि कमेन्ट वुक्समा उनले लेखेका छन्–‘नेपालको आर्थिक, सामाजिक, राजनैतिक र धार्मिक साँस्कृतिक क्षेत्रलाई समग्र रुपमा यस प्रदर्शनीले समेटेको र यसले समग्र नेपाललाई परिचित बनाएको हुँदा यस प्रशर्दनीले नेपालको समग्रतालाई वुझन आफूलाई सहयोग गरेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.