पाटा नेपालद्वारा ‘पाटा युथ ट्यालेन्ट क्वेस्ट’ को तेस्रो संस्करण आयोजना

  २०७६ फागुन १६ गते १६:१९     विकासन्युज

काठमाडौं । प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले ‘पाटा युथ ट्यालेन्ट क्वेस्ट’ को तेस्रो संस्करण आयोजना गरेको छ ।

पाटा युथ ट्यालेन्ट क्वेस्ट पाटा नेपाल स्टुडेन्ट च्याप्ट्र सदस्यहरु तथा पाटा नेपाल च्याप्टरमा आवद्ध सदस्य शैक्षिक संस्थाहरुमा हस्पिट्यालिटी तथा पर्यटन विषयमा अध्ययनरत विद्यार्थीहरुको ज्ञान, सीप र क्षमतालाई प्रतिस्पर्धा मार्फत प्रस्फुटित गराउने तथा नेपाली पर्यटन क्षेत्रमा भावी सबल पर्यटन जनशक्तिको खोजमुलक अभियानको रुपमा आयोजना हुने वार्षिक कार्यक्रम हो ।

सो कार्यक्रम प्रतिभावान युवा पर्यटन विद्यार्थीहरुको पहिचान गर्ने र आवश्यक तालिम,सल्लाह–सुझाव र अवसरहरु प्रदान गरी उनीहरुको ज्ञान शीप र क्षमता अभिवृद्धि एवम सशक्तिकरण गर्नुका साथै पर्यटन क्षेत्रमा सफल भविष्य निर्माणका लागि अभिप्रेरित गर्ने मञ्च बनेको छ ।

यस वर्ष पाटा नेपालले पाटा ‘पाटा युथ ट्यालेन्ट क्वेस्ट २०२० अन्र्तगत “पब्लिक स्पिकिङ कम्पिटिसन”,“टुरिजम एन्ड हस्पिटालिटी क्विज” र “फुटसल प्रतियोगिता” गरि तीन वटा कार्यक्रम अघि सारेको छ ।

फेब्रुअरी २४ तारिका दिन राजधानीको गेट कलेजमा आयोजित “पब्लिक स्पिकिङ कम्पिटिसन”को फाइनलमा १० वटा विभिन्न पाटा नेपाल सदस्य शैक्षिक संस्थाहरुमा अध्ययनरत विद्यार्थीहरुले “पर्यटनमा आई पर्ने जोखिम तथा संकट न्युनीकरणका उपायहरु र आत्मवल निर्माणको आवश्यकता”, “भ्रमण वर्ष २०२० अभियानका लागि चुनौती तथा अवसरहरु”र “नेपाललाई घुम्नै पर्ने गन्तव्यका रुपमा स्थापना गर्ने रणनीतिहरु” जस्ता विषयमा प्रस्तुती दिएका थिए ।

उक्त कार्यक्रमको निणार्यक मण्डलको रुपमा पूर्व पर्यटन सचिव दीपेन्द्र पुरुष ढकाल, पाटा नेपालका निर्वतमान अध्यक्ष र कोरा टुर्सका सिइओ विजय अमात्य रहेका थिए ।सहभागिहरुमध्ये नाथम कलेजका छात्र सन्जय नेपाल प्रथम, गेट कलेजका सम्जिक ह्याङग राई दोस्रो र सिल्भर माउन्टेनकी रोवीना श्रेष्ठ तेस्रो स्थान हासिल गरेका थिए ।

विजेताले पुरुस्कार स्वरुप आगामी मार्च ३१ देखी अप्रिल ३ सम्म यूएईमा आयोजना हुने पाटा एनुअल समिट्मा सहभागि हुने अवसर प्राप्त गरेका छन । त्यसैगरी फेब्रुअरी २७ तारिखका दिन मिडभ्यालि इन्टरनेशनल कलेजमा आयोजित “टुरिजम एन्ड हस्पिटालिटी क्विज” को उपाधि सिल्भर माउन्टेन स्कुुुल अफ होटल म्यानेजमेन्टले प्राप्त गरेको छ भने नेपाल कलेज अफ ट्राभल एण्ड टुरिज्म म्यानेजमेन्ट ले दोस्रो र ग्लोबल एकेडेमी अफ टुरिज्म एण्ड हस्पिटालिटी एजुकेशनले तेस्रो स्थान हासिल गरेका छन ।

पाटा नेपाल द्धारा आयोजित युथ ट्यालेन्ट क्वेस्ट २०२० लाई जेनिथ ट्रेनिङ्ग इन्सिटिच्यूट, हाई ग्राउन्ड एडभेन्चर, वनहर्न एडभेन्चर, बुद्ध एयर, समिट एयर, केजिएच ग्रुप अफ होटल, सेभर नेपाल, आर्य भिलेज ट्राभल, मेरियट काठमाडौं, गोइङ नेपाल, ¥याफटिङ स्टार, फुडमान्डु, सिमसिमे ट्राभल र एटर्निटी लगायत विभिन्न सदस्य शैक्षिक संस्थाहरु गेट, मिडभ्याली, क्याथ, आईएसटि,गेटवे एनसिटिटिएम,र एविसि कलेजहरुले प्रायोजन तथा सहकार्य गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.