एनआईसी एशियाका ग्राहकलाई वाल क्लाइम्बिङमा ३० प्रतिशत छुट

  २०७६ फागुन १६ गते १३:१७     विकासन्युज


काठमाडौं । एनआइसी एशियाका ग्राहकले वाल क्लाइम्बिङमा ३० प्रतिशत छुट पाउने भएका छन् । यस बैंकका ग्राहकलाई सो कम्पनीले दिने सेवामा विशेष छुट उपलब्ध गराउनेसम्बन्धी समझदारी भएको छ ।

उक्त समझदारीपत्रमा बैंकको वागमती प्रदेश डिजिटल सेल्स प्रमुख श्याम लामिछाने र कम्पनीका महाप्रबन्धक कमल घले गुरुङले हस्ताक्षर गरेका हुन् ।

उक्त समझदारी अनुसार यस बैंकका ग्राहकले बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी ठमेलमा रहेको वाल क्लाइम्बिङ कम्पनीले उपलब्ध गराउने सेवा प्रयोग गर्दा लाग्ने शुल्कमा ३० प्रतिशत छुट हुनेछ ।

साथै, बैंकका कर्मचारी तथा कर्मचारीका परिवारलाई यसै समझदारीअनुसार ५० प्रतिशत छुट हुनेछ । उक्त छुट सुविधा १ वर्षसम्म लागू हुनेछ

बैंकले कार्ड तथा मोबाइल बैंकिङ्गबाट गरिने विद्युतीय भुक्तानीलाई प्रवद्र्धन गर्दै आइरहेकोमा बैंकका ग्राहकको अधिकतम लाभका लागि यो योजना ल्याइएको हो ।

बैंकले डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाग्राहीहरूले यस बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गका माध्यमहरूबाट विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २,२०० वटा भन्दा बढी मर्चेन्टहरूबाट आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।

उक्त छुट देशभर रहेको विभिन्न ख्यातिप्राप्त अस्पतालहरू, होटल, रिसोर्ट, रेष्टुराँ तथा विभिन्न सेवा तथा सामान विक्री गर्ने स्थानहरूबाट ग्राहक महानुभावहरूले सजिलै प्राप्त गर्न सकिनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.