बच्चामा मौसमी रुघाखोकी बढ्यो, यसरी राख्नुहोस् सुरक्षित

  २०७६ फागुन १५ गते १८:३३     डोमी शेर्पा

काठमाडौं । जाडो मौसमलाई बिदा गर्ने समय नजिकिँदै गर्दा मानिसहरुमा रुघाखोकी एकदमै बढी देखिन्छ ।

अस्पतालहरुमा सामान्य रुघा, खोकीका बिरामीहरु ह्वात्तै बढेको छ । तपाई नजिकैकौ अस्पतालमा जानुभयो भने तपाईले यस्तो लक्षण देखिएका मानिसहरु धेरै संख्यामा देख्न सक्नुहुन्छ । तपाईको परिवारको सदस्य वा तपाई नै पनि अहिले यो समस्या गुज्रिरहेको हुनुहुन्छ ।

नेपालमा फ्लुको ढाँचा हेर्ने हो भने विशेष गरेर फेबु्रअरी र मार्च (माघ, फागुन, चैत) र अगस्ट ( साउन, भदौं) मा सबैभन्दा बढी बिरामी देखिने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

फ्लुबाट सबैभन्दा बढि बालबालिका र बुढापाका प्रभावित हुने गर्दछन् ।

फ्लु एक प्रकारको भाईरल इन्फेक्सन हो, जसले फोक्सोको हावा बग्ने क्षेत्रलाई असर गर्दछ । यसले ज्वारो आउने, शरीर दुख्ने, रुघाखोकी लाग्ने र अन्य धेरै लक्षणहरु देखिन्छन् ।

केही बालबालिकालाई फ्लुले १ हप्ता जति असर गर्न सक्दछ । तर केही बालबालिका फ्लुको कारण गम्भीर बिरामी हुने गरेको छन् । त्यसैले सामान्य रुघाखोकी भन्दै बालबालिकाहरुलाई चेकजाँच गर्नुपर्दैन भन्दै घरमै राख्नु नहुने विशेषज्ञहरु बताउँछन् ।

बच्चामा फ्लु लाग्नुको कारण के हो ?

एक बच्चादेखि अर्का बच्चामा फ्लुको भाईरस हाच्छिउँ, खोकीको माध्यमबाट सर्न गर्दछ । भाईरसहरु छोटो समय विभिन्न बस्तुहरुको सतहमा बस्न सक्छ । जस्तै खेलौना, ढोकाको चुक्कुल, कलम, किबोर्ड, मोबाईल इत्यादि ।

यस्तो भाईरस साँझा खाने र पिउने भाँडाबाट पनि सर्दछ । तपाईको बच्चाले कुनै पनि फ्लुको संक्रमण लागेको व्यक्तिले छोएको सामाग्री छोएर आफ्नो मुख, नाक, आँखामा लगेपछि फ्लु सर्दछ ।

विद्यालयका कक्षाकोठाहरुबाट विशष गरेर बालबालिकामा फ्लु सर्न सक्ने डा. पुन बताउँछन् ।

यसको लक्षण देखिनु २४ घण्टा अगाडी अरुमा सर्ने सम्भावना बढी हुन्छ । फ्लु लागेको करिब ७ दिनपछि यो सर्ने सम्भावना कम भएर जान्छ । बालबालिकहरु धेरै सतह क्षेत्रमा छुने हुनाले उनीहरुलाई संक्रमण हुने सम्भावना बढि हुन्छ ।

कस्तो बालबालिकालाई फ्लु संक्रमणको खतरा हुन्छ ?

–फ्लू संक्रमित व्यक्ति वरपर बस्ने

–फ्लूको खोप नलगाउने

–संक्रमित सतहहरु छोएर हात नधुने

बच्चालाई फ्लुबाट कसरी बचाउने ?

फ्लुबाट बच्नु एक निकै राम्रो उपायमध्ये फ्लुको भ्याक्सीन भएको डा. पुन बताउँछन् ।

पहिलोपल्ट ६ महिनाको बच्चालाई भ्याक्सीन दिँदा उसलाई एक महिनापछि दोस्रो भ्याक्सीन पनि दिनु पर्दछ ।

भ्याक्सीन ६ महिना वा सोभन्दा बढी उमेरका बच्चाहरुका लागि प्रयोग गर्न शुक्रराज ट्रपिकलका डा. अनुप बास्तोला बताउँछन् । बास्तोलको अनुसार फ्लू भ्याक्सीन कुनै पनि बच्चालाई दिनुहोस् जससँगः

–लामो समयदेखि मुटु वा फोक्सोको बिरामी

–मधुमेह रोगी

–मिर्गौला वा कलेजोमा खराबी

–एचआईभी र एड्स वा दीर्घकालिन स्टेरोइडबाट कमजोर प्रतिरोधात्मक क्षमता

यस्तो बच्चालाई फ्लु भ्याक्सिन दिनुपर्छः

–परिवारको सदस्य दीर्घकालीन स्वास्थ्य अवस्थाको साथ छ

–आमा बुबा वा परिवारको सदस्यमा फ्लुको भ्याक्सिन

यसरी जोगाउँनुस्

आफ्न बच्चालाई फ्लु संक्रमणबाट जोगाउन फ्लु संक्रमित व्यक्तिहरूसँग तपाईंको बच्चाको सम्पर्क सीमित गर्नुहोस् । बच्चा खोक्दा, हाँच्छिउ गर्दा मुख छोप्न लगाउनुहोस् । यस्तै टिस् यु पेपरको प्रयोग गनुहोस् । बच्चाको हेरचाह गरिसकेपछि हात राम्ररी धुनुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.