नेशनल माइक्रोफाइनान्सको एकदिने समिक्षा गोष्ठि सम्पन्न

  २०७६ फागुन १५ गते १८:०४     विकासन्युज

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले १ दिने समिक्षा तथा अन्तरकृया गोष्ठि कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले शाखा प्रमुख र शाखाको अन्य कर्मचारीहरुको उक्त गोष्ठी सम्पन्न गरेको हो ।

संस्थाको प्रदेश नं २ अन्तर्गत पर्सा, बारा,रौतहट, सर्लाही र महोत्तरी जिल्लामा अवस्थित रहेको शाखा कार्यालयहरुको शाखा प्रमुख र अन्य कर्मचारीहरुको सहभागिता रहेको समिक्षा तथा गोष्ठि कार्यक्रम चन्दनिगाहपुर स्थित होटल गौतममा संचालन भएको थियो ।

अन्तरकृया कार्यक्रमको औपचारिक उद्घाटन संस्थाको प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवले पानसमा दिप प्रजवल्लन गरि उदघाटन गरेका थिए । समिक्षा तथा अन्तरकृया कार्यक्रममा संस्थाको शाखा प्रमुखहरु, सहायक कर्मचारीहरु विभागीय प्रमुखहरु बिजय घिमिरे र सिताराम पंडित सहित ५६ जना कर्मचारीहरुको सहभागीता रहेको थियो ।

समिक्षा कार्यक्रममा शाखा कार्यालयहरुको चालु आर्थिक वर्षको अर्धवार्षिक कार्यक्रम तथा बजेट अनुसार लक्ष्यको तुल्नामा प्रगतीको समिक्षा साथै शाखा कार्यालयहरुको समस्या तथा चुनौति र भावी रणनीतिको बारेमा छलफल गरिएको थियो ।

कार्यक्रममा संस्थाको प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले अगामी दिनमा सबै शाखा कार्यालयहरुलाई लक्ष्य अनुसारको प्रगति हासिल गर्न शुभकामना दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.