एनएमबी बैंकको १६४ औं शाखा रोल्पाको माडीमा

  २०७६ फागुन १५ गते १६:४१     विकासन्युज

काठमाडौं । एनएमबी बैंकले रोल्पाको माडीमा आफ्नो १६४ औं शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन उर्जा मन्त्री वर्षमान पुन र बैंकका अध्यक्ष पवनकुमार गोल्याणले संयुक्त रुपमा गरेका हुन् ।

२४ वर्षदेखि ग्राहक सेवामा समर्पित बैंकले आफ्नो नविनतम सेवा तथा सुविधाहरुद्वारा ग्रामीण तथा शहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने उद्देश्यका साथ यस शाखा संचालनमा ल्याएको छ ।

बैंकले हाल १६४ शाखा सञ्जाल, १३१ वटा एटिएमहरु लगायत अन्य बैकल्पिक वितरण प्रणाली समेतको माध्यमबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.