डिजेल र पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँले कर बृद्धि, अब मूल्य बढ्ने

  २०७६ फागुन १५ गते १६:११     विकासन्युज

काठमाडौं । डिजेल र पेट्रोलको प्रतिलिटर पाँच रुपैयाँ मूल्य बढ्ने भएकाे छ । सरकारले प्रतिलिटर पेट्रोल र डिजेलमा थप ५ रुपैयाँ विकास कर थपेर १० रुपैयाँ पुर्याएकाे हाे ।

बिहीवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै अर्थ र सूचना तथा सञ्चार प्रविधि मन्त्री युवराज खतिवडाले सो जानकारी दिएका हुन् ।

गत फागुन १२ गते बसेको मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैया विकास कर लगाउने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.