सीपी मैनाली चढेको कार दुर्घटनामा

  २०७६ फागुन १५ गते १३:५६     विकासन्युज

काठमाडौं । नेकपा (माले)का महासचिव सीपी मैनाली दुर्घटनामा परेका छन् ।  उनी महोत्तरीको बर्दिबासमा बिहिबार दुर्घटनामा परेकाे जनाइएकाे छ । उनकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ ।

उनी चढेको बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यान एक आपसमा ठोक्किएर दुर्घटना भएकाे जनाइएकाे छ । अहिले उनकाे बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.