बीमा कम्पनीहरुलाई आन्तरिक सूचना प्रविधि सम्बन्धि नीति तयार गर्न बीमा समितिको निर्देशन

  २०७६ फागुन १५ गते ११:०७     विकासन्युज

काठमाडौं । बीमा कम्पनीहरुलाई आन्तरिक सूचना प्रविधि सम्बन्धि नीति तयार गर्न बीमा समितिले निर्देशन दिएको छ । बुधबार एक निर्देशिका जारी गर्दै सो जानकारी दिएको हो ।

समितिको निर्देशन अनुसार बीमा कम्पनीहरुले जारी गर्ने नीतिमा अल्पकालीन र दीर्घकालीन सूचना प्रविधि सम्बन्धि रणनीतिहरु संलग्न गरेको हुनुपर्नेछ । यस्तै, बीमा कम्पनीले प्रयोग गरेको प्रणालीलाई व्यवस्थित गर्न कम्पनीले आन्तरिक नियन्त्रण प्रणालीमा आवश्यक पहल गरेको हुनु उल्लेख गरेको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले समयको मागसँगै सूचना प्रविधि मार्गदर्शन मार्फत थप व्यवस्थित गर्न खोजिएको बताए ।

‘हालसम्म बीमा कम्पनीहरुले आफ्नो वेव साइट प्रयोगमा ल्याएका थिए सोही मार्फत काम गर्थे, अहिले यो प्रणाली लागु गर्न खोजेका छौं’, उनले भने ।

बीमा कम्पनीहरुले हार्डवेयर तथा सफ्टवेयर वा सो सम्बन्धि सक्कली उत्पादन मात्र प्रयोग गर्न पाउने छन् । त्यस्ता सक्कली ईजाजतपत्र लाइसेन्स समेत राख्न समितिले अनिवार्य गरेको छ ।
सूचना प्रविधिको प्रणालीको रेखदेखका लागि बीमा कम्पनीले छुट्टै प्राविधिक कर्मचारीको व्यवस्था गर्नुपर्नेछ र त्यस्तो कर्मचारीको काम, कर्तव्य र अधिकार स्पष्ट रुपमा तोकिएको हुनपर्नेछ ।

कम्पनीहरुले आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र समितिलाई वार्षिक प्रतिवेदन पठाउनु पर्ने छ । साथै, बीमकको वेभ साइट सम्बन्धी व्यवस्था, २०६५ खारेज गरिएको समितिले जनाएको छ ।

निर्देशिकाका अनुसार डेटा सेन्टर तथा स्ट्याण्डवाई साइट वा विपद पुनरुत्थान साइट कार्यान्वयन गर्नु पर्नेछ ।

डेटा, पावर तथा प्रणालीको व्याकअप, रिकभरी टाइम अब्जेक्टिभ र रिकभरी व्याइन्ट अब्जेक्टिभ, घटना व्यवस्थापन, डेटा सेन्टर तथा प्रकोप व्यवस्थापनमा भएको सूचनाको कारोबार तथा तथ्यांकको पूर्णताको सम्बन्धमा, सूचनाको सुरक्षा सम्बन्धलाई समितिले जोड दिएको निर्देशिकामा उल्लेख छ ।

यस्ताे छ  निर्देशिका 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.