नेपाल चेम्बर अफ कमर्सलाई टर्कीस एयरलाइन्सको हवाई यात्रामा छुट

  २०७६ फागुन १४ गते १९:११     विकासन्युज

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सलाई टर्कीस एयरलाइन्सको हवाई यात्रामा छुट हुने भएको छ । टर्कीस एयरलाइन्सले नेपाल चेम्बर अफ कमर्सलाई इकोनमी क्लासमा ७ प्रतिशतसम्म र बिजनेस क्लासमा १० प्रतिशतसम्म छुट दिने भएकाे हाे ।

सो सम्बन्धि दुई संस्थाबीच आपसी समर्थन, लाभ र सहयोगको पहिचान स्थापनाको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल चेम्बर अफ कमर्स र टर्कीस एयरलाइन्सबीच संस्थागत स्तरबाट र व्यक्तिगत स्तरमा सम्बन्ध विस्तार गर्ने कार्यक्षेत्रको सराहना भएको छ ।

यस समझदारीले दुई पक्ष दुवैका बीचमा राम्रो समन्वयको भावना जगाउँछ । नेपाल चेम्बर अफ कमर्स र टर्कीस एयरलाइन्स बीचमा हस्ताक्षर समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्ससँग आवद्ध सदस्यहरूलाई उड्डयन सुविधाको क्षेत्रमा सहयोग गर्ने सहुलियत प्रदान गर्ने सहमति भएको छ ।

तर यो छुट प्रवद्र्धनात्मक प्रस्ताव र कोडशेयर उडानमा लागू नहुने टर्कीस एयरलाइन्सले जानकारी दिएको छ । यस समझदारी पत्रले कुनै कुरा थप, परिवर्तन र संशोधन सुझाव दिन अधिकार सुरक्षित राख्छ ।

यस कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल चेम्बर अफ कमर्स र टर्कीस एयरलाइन्सबीच बिद्ययमान सम्बन्धलाई मध्यनजर गर्दै नेपाल टर्कीसबीच आर्थिक तथा पर्यटन प्रवद्र्धनको लागि कोसेढुङ्गाको काम गर्ने बताए । उनले नेपाल चेम्बर अफ कमर्स र टर्कीस चेम्बर अफ कमर्सबीच व्यवसायिक लगानी, पर्यटन र व्यापार गर्ने सहकार्य भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.