मसहित सबै प्रधानमन्त्री बनेकाहरुकाे सम्पत्ति छानबिन गरौं: डा.बाबुराम भट्टराई

  २०७६ फागुन १४ गते १८:१०     विकासन्युज

काठमाडौं । समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफुलगायत सबै प्रधानमन्त्री बनेकाहरुकाे सम्पति छानबिन हुनुपर्न माग गरेका छन् ।

भट्टराईले प्रतिनिधीसभाको बुधबारको बैठकमा आफुलगायत सबै प्रधानमन्त्री बनेकाहरुकाे सम्पति छानबिन हुनुपर्न माग गरेका हुन् ।

बैठकमा बुधबार भट्टराईले पहिला साथीहरुले दिएको चप्पल लगाएर हिँड्ने आफुहरु अहिले आएर हामीले कसरी चिल्लो गाडी र महल बनायौं भन्ने विषयमा सम्पति छानबिन हुनुपर्न माग गरेका हुन् ।

आफू गणितमा चासो राख्ने र अर्थमन्त्रीसमेत भइसकेको व्यक्ति भएकोले जसरी हिसाब गर्दा पनि बाहिर देखिने सम्पत्तिले मात्रै नेताले काठमाडौंमा महल ठड्याउन नसक्ने भट्टराईले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.