बजारमा बहिर्गमनकाे हल्ला, डा. खतिवडा भने सरकारकाे प्रवक्तामा नियुक्त

  २०७६ फागुन १४ गते १६:५३     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा‍‍‍. युवराज खतिवडा सरकारको प्रवक्ता नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई सरकारको प्रवक्तामा नियुक्त गर्ने निर्णय भएको हो ।

सांसदको कार्यकाल सकिन लागेका र अर्थमन्त्री पदबाट बहिर्गमनकाे प्रक्रियामा रहेका अर्थमन्त्री डा‍‍‍. खतिवडा भने सरकारका प्रवक्तमा नियुक्त भएका हुन् ।

तत्कालीन सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएपछि खतिवडालाई सरकारको प्रवक्ता नियुक्त गरिएको हो । प्रधानमन्त्री केपी ओलीले सञ्चार मन्त्रालयको जिम्मेवारी पनि हेर्ने गरी खतिवडालाई केही दिनअघि नियुक्त गर्नुभएको थियो ।

आगामी फागुन २० गते उनको दुई वर्षे राष्ट्रिय सभाको सदस्यको कार्यकाल सकिँदैछ । अब अर्थमन्त्री खतिवडाले हरेक बिहीबार मन्त्रिपरिषद्को बैठक निर्णय सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.