को बन्ला अर्थमन्त्री ? प्रधानमन्त्रीले भने: ‘कि वार कि पार मैले युवराजलाई नै निरन्तरता दिने हो’

  २०७६ फागुन १४ गते १६:२३     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई अर्थमन्त्रीको रुपमा निरन्तरता दिने खुलेको छ । नेकपाका एक उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओलीले अर्थमन्त्री डा. खतिवडालाई नै अर्थमन्त्रीको रुपमा निरन्तरता दिने बताएका हुन् ।

बुधबार नेकपा सचिवालयले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा मनोनित गर्ने गरी सिफारिस गरेको अनुरोधमा प्रधानमन्त्री ओलीले अस्विकार गरेको स्रोतले बतायो ।

‘प्रधानमन्त्रीज्यूले युवराज खतिवडालाई नै निरन्तरता दिने बताउनु भएको छ, उहाँले अब कि वार कि पार शुरु हुन्छ भन्नुभयाे, खतिवडा नै अर्थमन्त्री रुपमा दाेहाेर्याउने उहाँकाे मनसाय छ’, स्राेतले भन्याे ।

डा. खतिवडाको स्थानमा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई सांसद बनाउने निर्णय सत्तारुढ नेकपाले गरेको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएर राष्ट्रियसभाको सांसद बनेका डा‍‍. खतिवडाको कार्यकाल २० फागुनमा सकिँदैछ । डा. खतिवडालाई सांसद नबनाउने नेकपा सचिवालयकाे निर्णय प्रधानमन्त्री ओलीले अस्विकार गरेका हुन् ।

याे सँगै अब उनको अर्थमन्त्री पद जाेगिने सम्भावना पनि बढेको छ । गौतम अर्थमन्त्री डा‍. युवराज खचिवडालाई रोक्ने र बहिर्गमन गराउने रणनीति अन्तर्गत राष्ट्रियसभामा जान तत्पर भएको स्रोतको दाबी छ । तर यो कुरामा प्रधानमन्त्रीले आनाकानी गरिरहेका छन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार वर्तमान क्याबिनेटमा ओलीका विश्वासिला पात्र खतिवडा नै हुन् । बाँस्कोटा बहिर्गमनपछि धक्का लागेका ओलीले खतिवडामाथि नै भर गर्दै आएका छन् । बाँस्कोटाले सम्हालेको सरकारको प्रवक्ताको जिम्मेवारी पनि खतिवडालाई दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.