सिटिजन्स बैंकले महोत्तरीको आधारभूत विद्यालयलाई दियो ८० हजार

  २०७६ फागुन १४ गते १६:०१     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले बर्दिवास महोत्तरीस्थित राष्ट्रिय आधारभूत विद्यालय भब्सीलाईरु ८० हजारको आर्थिक सहयोग प्रदान गरेको छ । आज विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमका बीच बैंकले उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।

सामजिक, आर्थिक रूपले विपन्न गरिब तथा दलित बालबालिकाहरुको पठन पाठनमा सहज होस भन्ने उद्देश्यका साथ विद्यालयले उक्त सहयोग रकमबाट विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्रीको खरिद गरि वितरण गर्ने कुरा जनाएको छ ।

नेपाल सरकारले अवलम्बन गरेको ’सुखी नेपाली र सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले व्यक्त गरेको छ ।
यस सहयोगले सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका जनजाती, दलित र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुको मनोवल थप उच्च हुने कुरा विद्यालयले जनाएको छ ।

अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ ।

यस बैंकले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा एटिएम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.