महाराजगंजस्थित दिपज्योति ओभरसिजको कारोबार रोक्का

  २०७६ फागुन १४ गते १२:१४     विकासन्युज

काठमाडौं । महाराजगंजस्थित दिपज्योति ओभरसिज प्रा.लिको कारोबार हाल रोक्का गरिएको छ ।

उक्त कम्पनीले विदेश पठाउने बहाना बनाएर विभिन्न व्यक्तिहरुबाट रकम उठाइरहेको भनी मौखिक एवं लिखित जानकारीका आधारमा विभागले अनुसन्धान गरी सो कम्पनीको सम्पूर्ण आर्थिक कारोबार रोक्का गरेको हो ।

यस कम्पनीबाट वैदेशिक रोजगारसम्बन्धी कुनै पनि कारोबार नगर्नु नगराउनु हुन वैदेशिक रोजगार विभागले सूचना प्रकाशित गरी जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.