चीनको कोरोना भाइरसको असर नेपाली उपभोग्य बस्तुमा, कहाँ आइपुगे ३० दिन अगाडि हिडेका कन्टेनर ?

  २०७६ फागुन १४ गते १०:४०     राजाराम न्यौपाने

काठमाडौं । चीनमा फैलिएको कोरोना भाइरसले नेपाली बजारमा प्रभाव पारेको छ । लसुनबाट सुरु भएको बस्तु अभाव अन्य उपभोग्य बस्तुमा पनि देखिन थालेको छ ।

चीनबाट नेपालमा प्रयोग हुने अधिकांश दैनिक उपभाेग्य सामान चीनबाट नै आयत हुने गरेको छ । चीनले उत्पादन गरेको बस्तु नेपालका मात्रै नभएर विश्व बजारमा नै उपभोग हुने गरेको छ ।

चीनले मोबाइल फोन, इलेक्टोनिक सामान, कपडा लगायतका बस्तुहरु नेपालमा आयात हुने गरेको छ । नेपालबाट हस्तकला लगायतका बस्तु निर्यात हुने गरेको छ । कोरोना भाइरको संक्रमण पछि बस्तु आयात र निर्यात रोकिएको छ ।

चीनबाट कपडा निर्यात गर्ने प्रशान्त मर्हजनले कोरोनाको संक्रमण सुरु भए पछि नेपाली सामान ल्याउन वा सामान माग गर्न छाडिएको बताए ।

‘सामान निर्यातकर्ताहरुले अगाडी नै ल्याएको सामान र कोरोनाको संक्रमण हुनुभन्दा अगाडी नै आएका सामानहरु नै विक्री भैरहेको छ,’ मर्हजनले भने ।

चीनबाट चप्पल निर्यात गरेर नेपाली बजारमा बिक्री गर्ने आएका राम सुबेदीले पनि गोदामा भएका नै चप्पल बिक्री गरिरहेका छन् ।

‘व्यापारमा समस्या आइसकेको छ, चीनमा रोग निको भएर उत्पादन हुन थालेपछि मात्रै चीनको चप्पल उपभोक्ताले उपभोग गर्ने पाउने छन्,’ उनले भने ।

पहिले चीनमा नै उत्पादन भएको चप्पल खोज्ने व्यापारीहरुले चप्पाल अभाव भएपछि नेपाली चप्पलहरु नै बिक्री गरिरहेको बताए ।

अर्थविद डा. चन्द्रमणी अधिकारीले चीनमा कोरोनाको संक्रमण पछि १ खर्ब जति अमेरिका डलर व्यापार घाटा भइसकेको र त्यसको असर नेपालमा पनि देखिन थालेको बताए । नेपालले धेरै जस्तो बस्तु चीनबाट नै आयात गरेर प्रयोग गरिरहेकाेले नेपाललाई पनि प्रत्यक्ष प्रभाव पार्ने उनकाे भनाइ छ । नेपालको आयात निर्यात नै चीनसगँ बन्द भएकाले नेपालमा उपभोग्य बस्तुको मूल्य पनि वृद्धि हुन सक्ने डा. अधिकारीले बताए ।

‘विश्वभरि नै कोराना फैलिएकोले नेपालमा आउने रेमिट्यान्समा पनि कमी आउन सक्छ, कोरियामा रोजगारीका लागि गएका नेपालीहरु नेपलामा नै ल्याउनु पर्ने अवस्था आएमा देशको अर्थतन्त्रमा प्रभाव पर्ने छ,’ अधिकारीले भने ।

भन्सार विभागका सूचना अधिकारी शिशिर घिमिरे चीनसगँ सीमा जोडीएका तातोपानी र रसुवागढी नाका बन्द भएको १ महिना भइसकेको छ । तेस्रो मूलुक भएर आउने बस्तुहरुको पनि निर्यात कमी भइसकेको छ ।

‘चीनबाट तेस्रो मुलुक हुदै नेपालमा सामान आइपुग्न ३० देखि ५० दिन लाग्ने भएकाले कति सामान कहाँ आइपुग्यो भनेर यकिन गर्न सकिदैन,’ घिमिरेले भने ।

समस्या लम्बिदै जादा त्यसको प्रत्यक्ष असर नेपालको व्यापारिक र आर्थिक कारोबारमा पर्ने देखिएको छ । चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार देश हो ।

नेपालका लागि चीन ठूलो व्यापारिक साझेदार भएकै कारण कोरोनाले नेपालको व्यापार तथा आर्थिक गतिविधिमा संकुचन ल्याउने देखिएको हो ।

नेपालको कुल वैदेशिक व्यापारमा भारतपछि चीनकै हिस्सा ठूलो छ । गत वर्ष दुई मुलुकबीच २ खर्ब ७ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो ।

यसमध्ये चीनबाट २ खर्ब ५ अर्ब ५१ करोडका सामान आएका थिए भने २ अर्ब १० करोडका सामान चीन निर्यात भएका थिए । यस्तै चालु आवको ६ महिनामा चीनबाट एक खर्ब १८ अर्ब २५ करोड २७ लाखको सामान आएको छ ।

ठूलो परिमाणको व्यापारिक गतिविधि रोकिएपछि यसको प्रभाव नेपालको व्यापारिक तथा आर्थिक कारोबारमा पर्ने देखिएको हो ।

सरकारले चालु आर्थिक वर्ष साढे ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ । चीनसँगको व्यापारमा आएको समस्याले मुलुकको आर्थिक वृद्धिलाई कसरी असर पार्छ भन्नेबारे अध्ययन भइसकेको छैन । करिब १५ खर्बको वैदेशिक व्यापारमध्ये सबा दुई खर्बको व्यापार समस्यामा आउँदा आर्थिक वृद्धिमा पक्कै पनि असर पर्छ ।

राजस्व संकलनका प्रमुख क्षेत्रमध्ये एउटा भन्सार हो । व्यापारिक कारोबारमा आउने मन्दीले सरकारको राजस्व असुलीमा पनि प्रभाव पार्नेछ । चीनबाट सामान आउन छाडेपछि नेपाली बजारमा अहिलेदेखि नै असर देखिन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.