सिद्धार्थ सिमेन्टले ७ वटा जिल्लामा गर्यो अन्तर्क्रिया कार्यक्रम

  २०७६ फागुन १३ गते १८:५१     विकासन्युज

काठमाडौं । सिद्धार्थ सिमेन्ट उद्योगले निर्माण सहकर्मीसँग वृहत भेटघाट तथा अन्तर्क्रिया कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । उक्त कार्यक्रम पोखरा, तनहुँ, लम्जुङ, बाग्लुङ, बेनी, काठमाडौं तथा भक्तपुर उपत्यकामा गरिएको थियो ।

सो कार्यक्रममा सिमेन्टको गुणस्तर र सिमेन्ट उत्पादन गर्दा प्रयोग हूने कच्चा पदार्थ तथा उत्पादन प्रकिया बारेमा अन्तर्क्रिया गरिएको थियो । सोही अवसरमा विभिन्न कार्यक्रमहरु अन्तर्गत उपस्थित सहकर्मीहरु बीच अन्तरक्रियामा सहभागिताको अधारमा लक्की ड्र को कार्यक्रम गरिएको थियो ।

काठमाडौं तारकेश्वर नगरपालिकामा गरिएको कार्यक्रममा नगर प्रमुख रामेश्वर बोहरा, उप-प्रमूख भवानी डोटेल तथा वडा सदस्यहरुबीच उक्त कार्यक्रम भएको थियो ।

जसमा सिद्धार्थ सिमेन्ट उद्योगको तर्फबाट निर्देशक राहुल अग्रवालबाट मन्तव्य राख्दै सिमेन्ट प्रयोग गर्दा गूणस्तरमा ध्यान दिँदै यससँग समावेश गरिने रोडा, बालुवा तथा ढुङ्गा पनि गुणस्तरिय हुनु पर्नेमा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.