निसानको फेस्टिभ ड्राइभको विजेता घोषित, १५ जनाले पाए सुनदेखि विदेश घुम्ने मौका

  २०७६ फागुन १३ गते १८:३०     विकासन्युज

काठमाडौं । नेपालमा निसान गाडीको अधिकारिक वितरक तथा बजार व्यवस्थापक कम्पनी पायोनियर मोटो कर्पले फेस्टिभ ड्राइभ उपहार योजनाको विजेता घोषणा गरेको छ । उक्त योजना अन्तर्गत हरेक निसान गाडी खरिद गर्ने १५ जना लक्की ड्र द्वारा विजेता भएका छन् ।

जसमध्ये १० जना भाग्यशाली विजेताहरुले मलेशिया भ्रमण गर्ने मौका र साथै ५ जनाले १० ग्राम सुनको सिक्का पाएका छन् ।

कम्पनीले चाड पर्वको उपलक्ष्यमा फेस्टिभ ड्राइभ उपहार योजना ल्याएको थियो । उक्त योजना अन्तर्गत हरेक निसान गाडी खरिद गर्ने ग्राहकहरुले लक्की ड्र स्किममा भाग लिने मौका पाएका थिए ।

हाल पायोनियर मोटो कर्पले नेपालमा निसान माइक्रा, सन्नी, किक्स, नभारा, एक्स-ट्रेल, उर्भान र प्याट्रोल गाडीहरु बिक्री गरिरहेको छ भने चाडैनै निसानको नया इलेकट्रिक गाडी लीफपनि नेपालमा भित्राउने तयारी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.