मुक्तिनाथ विकास बैंकले ल्यायो दुई कर्जा योजना, के के छन् सुविधा ?

  २०७६ फागुन १३ गते १७:५९     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले बैंकले घर पुँजी कर्जा र सरल व्यवसायिक कर्जा नामक दुई नयाँ योजना ल्याएको छ । बैंकले १५ वर्षको लागि उक्त योजना सञ्चालनमा ल्याएको हो ।

बैंकले अन्थ बैंक तथा वित्तीय संस्थाले लगानी गरेको कर्जालाई पुनःलगानी गर्न सकिने गरी घर पूँजी कर्जा सञ्चालनमा ल्याएको हो । आवासीय प्रयोजनका लागि ल्याएको यस कर्जा योजनामा आफ्नो वा एकाघर सदस्यको स्वामित्वमा रहेको घर, घडेरी, घरजग्गा तथा फ्ल्याट/अपार्टमेन्टमा भएको स्व-लगानीमा डेब्ट लेभेरेज लिने गरी इक्विटी फाइनान्सिङ गरिने सुविधा रहेको छ ।

साथै, बैंकले विभिन्न व्यवसाय स्थापना गर्न, आधुनिकीकरण गर्न र साथै व्यवसायमा हाल भइरहेको पूँजीगत तथा चालु पुँजी स्व-लगानीमा फाइनान्सियल लेभेरेज लिने गरी मुक्तिनाथ सरल व्यवसायिक कर्जा ल्याएको हो ।

बैंकले उद्योग, व्यापार एंव सेवा मुलक संस्था व्यवसाय सञ्चालनको लागि आवश्यक पर्ने संरचना/पूर्वाधारमा लाग्ने पुँजीगत खर्चहरु परिपूर्ति र मौज्दात, आसामी, पेश्की लगायत स्थायी प्रकृतिका चालु पुँजी आवश्यकता पूरा गर्न यो योजना ल्याएको हो ।

साथै, दैनिक कार्य सञ्चालनको लागि आवश्यक पर्ने अन्य कार्यशील पुँजीको लागि पनि यो कर्जा प्रदान गरिने बैंकले जानकारी दिएको छ ।

बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.