साढे ३ करोड कित्ता साधारण सेयर निष्कासन गर्दै १० जलविद्युत कम्पनी

  २०७६ फागुन १३ गते १६:२७     विकासन्युज

काठमाडौं । १० जलविद्युत कम्पनीले साढे ३ करोड कित्ता साधारण सेयर निष्कासन गर्ने भएका छन् । धितोपत्र बोर्डमा आवेदन दिए अनुसार १० जलविद्युत कम्पनीले ३ अर्ब ६५ करोड ६७ लाख ५५ हजार रुपैयाँ बराबरको ३ करोड ६५ लाख ६७ हजार ५ सय ५० कित्ता सेयर निष्कासन गर्न लागेका हुन् ।

उनीहरुलाइ बोर्डले स्वीकृति दिएपछि साधारण सेयर निष्कासन गर्ने छन् । १० कम्पनीमध्ये सबैभन्दा बढी मध्यभोटेकोसी जलविद्युत कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ मूल्यको १ करोड ५० लाख कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ ।

यस्तै, हिमालयन हाइड्रो पावर कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । अन्य जलविद्युत कम्पनीले पनि साधारण सेयर निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.