ओपोले फाइभजी एक्सटू सिरिज सार्वजनिक गर्दै

  २०७६ फागुन १३ गते १५:०१     विकासन्युज

काठमाडौं । ओपोले आज आफ्नो नयाँ फाइभजी फ्ल्यागशिप फाइन्ड एक्सटू सिरिज सार्वजनिक गर्ने घोषणा गरेको छ । ग्लोबल लञ्च ओपोको यूट्यूब च्यानलमार्फत मार्चको ६ तारिक सीईटीमा आयोजना गरिने छ ।

ब्राण्डले रिचर्स एण्ड डेभलपमेन्टमा भारी लगानी गर्दै नयाँ ओपो फाइन्ड एक्सटू उत्पादन गरेको हो । विशेषगरी फाइभजी यूगमा स्मार्टफोनलाई अझ परिस्कृत बनाउँदै लैजाने ओपोको अथक र निरन्तर प्रयासको यसले प्रतिबिम्बित गरेको छ ।

फाइन्ड एक्सटू सिरिजमा ओपोले अहिले सम्म विकसित गरेकै मध्य सर्वाधिक अत्याधुनिक स्क्रिनको प्रयोग गरिएको जानकारी दिएको छ । यो स्क्रिनमा रिजोल्यूशन, स्क्रिन रिफ्रेश रेट, रंग र हाई डायनामिक रेञ्जमा विशेष प्राथमिकता दिँदै प्रयोगकर्तालाई स्पष्ट, सटिक, स्मूथ र आरामदायी स्क्रिन अनुभव प्राप्त हुने कम्पनीको दावी छ ।

फाइन्ड एक्सटू प्रोमा अनुकूलित फ्ल्यागशिप ईमेज सेन्सर जडान गरिनुका साथै अहिले सम्मकै अत्याधुनिक फोटोग्राफी प्रविधिहरुको प्रयोग गरिएको छ । यसले गर्दा प्रयोगकर्तालाई प्रिमियम फोटो गुणस्तर र फोकसिङ पफमेन्स प्राप्त हुने कम्पनीले बताएको छ ।

साथै, फाइन्ड एक्सटू सिरिजले एसए÷एनएसए डुअल(मोड्यूल नेटवर्क सपोर्ट गर्ने, क्वालकमको फाइभजी फ्ल्यागशिप चिप स्न्यापड्रायगन ८६५को प्रयोग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.