जुनियर युवा रेडक्रसको ४०औं राष्ट्रिय गोष्ठी सम्पन्न

  २०७६ फागुन १३ गते ९:४४     विकासन्युज

काठमाडौं । गोरखाको सदरमुकाममा आयोजित दुई दिने ४० औं राष्ट्रिय जुनियर तथा युवा रेडक्रस गोष्ठी सोमबार समापन भएको छ । नेतृत्वदाही भुमिकामा जुनियर र युवा हाम्रो प्रतिबद्धता भन्ने नाराका उक्त कार्यक्रम भएको हो ।

कार्यक्रमपश्चात देशका विभिन्न स्थानबाट आएका यूवाहरुले आन्तरिक पर्यटनलाई समेत अभिवृद्धि गर्ने अभिप्रायले लखन थापा पार्क लगायत गोरखाका विभिन्न ऐतिहासिक स्थानमा भ्रमण गर्दैछन्

नेरेसो गोरखा जिल्ला शाखा र स्थानीय महेन्द्र ज्योति माबिको आतिथ्यमा दुई दिनसम्म सञ्चालित सो गोष्ठीमा ५९ जिल्लाका १९५ युवाको सहभागिता रहेको थियो ।

जुनियर तथा युवा रेडक्रसको संगठनात्मक विकासलाई थप प्रभावकारी बनाउन समयमै सर्कल गठन तथा पुनर्गठन गरी वर्षैभरि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने र ती गतिविधिहरु सञ्चालन गर्ने क्रममा स्थानीय स्तरमै स्रोत संकलन तथा परिचालनमा विशेष जोड दिनेलगायतका महत्वपूर्ण प्रतिबद्धता र सहमतिहरु सहित १३ बुँदे गोरखा घोषणपत्र जारी गरिएको छ ।

सो घोषणा पत्रमा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघबाट प्रवर्धित “केन्द्रमा युवा नीति” तथा नेपाल रेडक्रस सोसाइटीको “युवा संलग्न नीति” लाई जोड दिँदै विश्वव्यापी रुपमा रहेका विभिन्न प्राकृतिक ,सामाजिक र मानवीय मुद्दाका गतिविधिहरु नेपालमा सञ्चालन गर्ने गराउने उल्लेख छ।

देशभरिका जुनियर तथा युवा सर्कललाई विभिन्न प्राकृतिक र मानवीय मुद्दाहरुमा बहस पैरवी र क्षमता अभिवृद्धि गरी सबलीकरण अभियान सञ्चालन गर्न यूवाहरुले प्रतिबद्धता जाहेर गरेका नेरेसो सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए ।

सडक सुरक्षा र प्राथमिक उपचार, विपद व्यवस्थापन र कृतिम घटना अभ्यास,नोवेल कोरोना भाइरस र सोको प्रभावबाट बच्ने उपायहरू, साइबर बुलिङ, रक्तदानमा युवाहरूको भूमिका जस्ता बिषयमा भएको छलफल उत्कृष्ट रहेको र ती क्षेत्रमा युवाहरुको सचेतना अभियान बढाउन यूवाहरुले महत्वपूर्ण भूमिका खेल्ने जुनियर विभाग निर्देशक सुदर्शन अधिकारीले अपेक्षा गरेका छन् ।

नेरेसो गोरखा जिल्ला शाखा र स्थानीय महेन्द्र ज्योति माबिको आतिथ्यमा दुई दिनसम्म सञ्चालित सो गोष्ठीमा ५९ जिल्ला शाखाका १९५ प्रतिनिधिहरु, नेरेसो केन्द्रीय पदाधिकारीहरु, प्रदेश र आतिथ्य जिल्लाको कार्यसमितिका पदाधिकारीको सहभागिता रहेको थियो ।

पहिलो सत्रमा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ महासचिव जगन चापागाईंले अनलाइनबाट प्रत्यक्ष रूपमा सहभागीहरुलार्इ उत्प्रेरणा मुलुक प्रशिक्षण दिनु भएको थियोे । जुनियर तथा युवा रेडक्रसबाट आफ्नो यात्रा सुरु गरी उच्च तहमा पुग्नुभएका चापागाईसँगको अन्तरक्रियाले सहभागीहरु उत्साहित भएका थिए ।

गोष्ठीमा विभिन्न विषयमा राष्टिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकहरुद्वारा सहभागीहरुलाइ प्रशिक्षण पनि दिइएको थियो र सहभाग ियुवाहरुले विभिन्न समुहमा सीपहरु अभ्यास गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.