उद्योगी नै मन्त्री बन्दा पनि ठूला उद्योग दर्तामा समस्या, मन्त्री भन्छन्: सहजिकरणको प्रयासमा छौं

  २०७६ फागुन १३ गते १२:११     राजाराम न्यौपाने

काठमाडौं । सरकारले समयमै कानुन बनाउन नसक्दा उद्योग दर्तामा समस्या आएको छ । सरकारले वातावरण ऐन निर्माण गरे पनि त्यसको नियमावली बनाउन नसक्दा लामो समयदेखि उद्योग दर्तामा समस्या आएको हो ।

उद्योग दर्ता गर्दा नै प्रारम्भिक वातावरणीय प्रभाव मूल्याकंन (आईईए) तथा उद्योग सुरु गर्नुअघि वातावरणीय प्रभाव मूल्याकंन  (इआइए) को बारेमा खुलाउनु पर्छ ।

उद्योग क्षेत्रबाट नै उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड मन्त्री भएर आए पनि नियमावली बन्न नसक्दा ठुला उद्योग दर्तामा समस्या बढ्दै गएको छ ।

‘हामीले उद्योग दर्ता गर्न सहज होस् भनेर आइइए तथा ईआईएको दायरा बढाएर  काम गरिरहेका छौं, म उद्योगको क्षेत्रबाट आएको भन्दैमा जादु गरे जसरी उद्योगको क्षेत्रमा परिवर्तन हुने हाेइन, वन, वतावरणर र उद्योग मन्त्रालय मिलेर नियमावली बनाउने काम गरिरहेका छौ,’ दुगडले भने ।

करिब १ देखि २ महिना भित्र नियमावली आउँछ र उद्योग दर्ता गर्न सहज हुने दुगडकाे भनाइ  छ ।

वातावरण नियमावलीमा कुन प्रकृतिकाे उद्योगले आइइए तथा इआइए गर्नुपर्छ भन्ने नियमावली नभएकोले उद्योग दर्ता वा क्षमता विस्तार समस्या आएको विभागका निर्देशक प्रेम लुइँटेलले जानकारी दिए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २ अर्ब रुपैयाँ बराबरको उद्योग लगाउँदा इआइए गर्नु नपर्ने गरी वातावरण मन्त्रालयलाई सुझाव दिइसकेको छ । तर, उद्योगले पठाएको सुझाब कार्यान्वयन भए/नभएको निक्र्याैल नहुँदा उद्योग दर्तामा समस्या आएको हो ।

सरकारले लामो समयदेखि वातावरण नियमावली ल्याउँदा नसक्दा उद्योगी दर्ता गर्न उद्यागीलाई अप्ठयारो परेको छ । वन मन्त्रालयले नियमावली बनाउन ढिलासुस्ती गरे पछि प्रत्यक्ष असर उद्योगीमाथि परेको उद्योग मन्त्रालयको भनाइ छ ।

पटक-पटक उद्योग मन्त्रालयले नियमावली बनाउन ताकेता गर्दा पनि त्यसको सुनुवाई भएको छैन् । उद्योगीहरुले लामो समयदेखि उद्योग मन्त्री, राज्यमन्त्री तथा उद्योग सचिवलाई नियमावली छिटो ल्याउन घच्घच्याइरहे पनि त्याे भने आउन सकेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.