प्रधानमन्त्री ओलीको जन्मदिनमा डेढ करोड खर्च !

  २०७६ फागुन १२ गते १७:१८     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार  आफ्नो पुख्र्यौली गाउँ तेह्रथुमस्थित आठराई पुगेर जन्मदिन मनाए । आइतबार बिहान  बालुवाटारमा मनाएको उनको जन्मदिनले चर्चा नपाए पनि आठराईमा पुगेर मनाएको कार्यक्रमले भने अहिले सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा चर्चा पाएकाे छ ।

आठराईमा मनाएको प्रधानमन्त्री ओलीको जन्मोत्सव कार्यक्रमलाई धेरैले राजसीको संज्ञा पनि दिए । मन्त्री, सरकारी अधिकारी, नेता कार्यकर्ताको लावालस्कर लगाएर चारवटा हेलिकप्टरमा आठराईमा पुगेर १५ किलोको केक काटेर जन्मदिन मनाएका ओलीको अहिले आलाचना पनि भइरहेको छ ।

आठराईमा ओलीले ६ हजार जनालाई भोज खुवाइएको बताइएकाे छ । निकै  तामझामका साथ भएकाे प्रधानमन्त्रीकाे जन्माेत्सवमा कति खर्च भयाे हाेला ? याे पनि सबैकाे चासाेकाे विषय बनेकाे छ ।

नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले करिब डेढ करोड खर्च भएको अनुमान लगाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस राख्दै प्रधानमन्त्रीको जन्मदिनमा भएको खर्चको अनुमान गरेका छन् ।

उपाध्यायले प्रधानमन्त्री ओलीको जन्मोत्सवको कूल खर्च १ करोड ४२ लाख रुपैयाँ न्युनतम निकाल्दै  करिब डेढ करोड रुपैयाँ खर्च भएको अनुमान लगाएका छन् ।

उनको हिसाव यस्तो छ:

१. उपस्थित ६ हजार जनालाई भोज (भेज प्लस नभेज) झापादेखि क्याटरिङ– ६५० प्रति प्लेटका दरले ६ हजार जनाको ३९ लाख रुपैयाँ

२. दुई हजार थान डायरी र पेन वितरण– औसत रू ५००प्रति सेटको १० लाख रुपैयाँ

३. करिब १००० थान टोपी र ज्याकेटको औसत १५ सयप्रति सेटको १५ लाख रुपैयाँ

४. चार वटा हेलिकप्टर खर्च ९ कम्तिमा एउटा हेलिकप्टरको २ लाख रुपैयाको दरले ८ लाख रुपैयाँ

५. दुई हजार थान साडी र पछ्यौरा ३ हजारका दरले ६० लाख रुपैयाँ

६. अन्य सरकारी खर्च १० लाख रुपैयाँ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.