हनुमन्ते करिडोर जग्गा विवाद: सभापति खड्का भन्छिन- यो समस्या अदालतमा नजाओस्

  २०७६ फागुन १२ गते १६:५१     विकासन्युज

काठमाडौं । विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले हनुमन्ते करिडोरमा देखिएको जग्गा विवादको विषय अदालतमा नलिन सुझाव दिएकी छन् । साेमबार विकास तथा प्रविधि समितिको बैठकका सभापति खड्काले जग्गा विवादमा मुछिएका सबैलाई जग्गाको विवादलाई लिएर अदालतमा नजान सुझाव दिएकी हुन् ।

‘यो समस्या अदालतमा गएपछि निर्माण कार्यमा ढिलाई हुन्छ, हामी एक आपसमा समन्वय गरेर समस्याको समाधान खोजौं’, उनले भनिन् ।

५४ रोपनी जग्गा हावाको भरमा व्यक्तिको नाममा भन्दा पनि त्यो कसरी गयो किन गयो भन्ने कुरामा छानविन हुनु पर्ने उनको धारणा छ । यसको बारेमा मन्त्रीहरुबीचमा पनि समन्वय नभएको बताउँदै उनले सबैको समन्वयमा यो समस्या समाधान गर्नु पर्ने उनको भनाइ छ ।

यो निर्माण कार्यसँग सम्बन्धि भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयसँग सँग यो विषयमा छलफल गरी समस्याको समाधा खोज्ने उनको भनाइ छ । मन्त्रालयको समन्वय र सहकार्यमा यो समस्या समाधान हुने उनले बताइन् ।

यस्तै, शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले हनुमन्ते करिडोरको निर्माण कार्यमा धेरै समस्या देखा परेकोले यसप्रति मन्त्रालयको चासो बढेको बताए ।

उनले करिडोरको जग्गा विवाद मुआब्जा वितरण गर्न असम्भव भएकोले ल्याण्ड मेभलपमेण्ट मोडलमा गएर समस्या समाधान गर्ने बताए । यसप्रति त्यहाँका जनप्रतिनिधिहरु गृहकार्य गरिरहेका उनको भनाइ छ ।

हनुमन्ते करिडोर निर्माणमा समस्या देखा परेको छ । जग्गाकै विवादका कारण निर्माण कार्य समयमै सम्पन्न हुँदैन कि भन्ने चुनौती पनि थपिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.