सभामुख र राजदुतको भेटः श्रम सम्झौतालाई अद्यावधिक गर्न कतार तयार

  २०७६ फागुन १२ गते १६:२१     विकासन्युज

काठमाडौं । राजदूत युसुफले नेपाल र कतारबीच भएको श्रम सम्झौतालाई आवश्यकता अनुसार अद्यावधिक गर्न कतार तत्पर रहेको बताएका छन् । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि कतारका राजदूत युसफ बिन मोहम्मद अल हेलबीच आज भएको भेटमा युसुफले सो कुरा बताएका हुन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदूत युुसुुफले सभामुख सापकोटालाई बधाई दिँदै सफल कार्यकालको शुुभकामना व्यक्त गरेका छन् ।

सभामुख सापकोटाले ४२ वर्षदेखि नेपाल र कतारबीच मित्रवत सम्बन्ध रहेको स्मरण गर्दै यस्ता भेटले सम्बन्ध थप सुुदृढ हुने विश्वास व्यक्त गरेका छन् । उनले भ्रमण वर्ष २०२० मा सहयोग गर्ने कतारको प्रतिबद्धताप्रति धन्यवाद पनि ज्ञापन गरेका छन् ।

सभामुखले सन् २०२२ मा कतारले आयोजना गर्न लागेको विश्वकप फुुटबलको सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले विश्वव्यापी रुपमा देखिएका जलवायु परिवर्तन लगायतका समस्या समाधनका लागि नेपाल र कतारले संयुक्त रुपमा पहलकदमी लिनुुपर्ने बताए ।

भेटमा राजदूत युुसुफले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुुटबलको तयारीमा कतारमा कार्यरत नेपाली श्रमिकले ठूलो योगदान गरिरहेको बताएका छन् ।
उनले नेपाली बिमानस्थलमा पार्किङको अभावका कारण कतार एयरलाइन्सले घाटा बेहोर्नुपरेको जानकारी गराउँदै यहाँको एयरपोर्ट सुधारमा सहयोग गर्न कतार तयार रहेको उल्लेख गरे ।

नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपालमा क्रिकेट रंगशाला निर्माणमा पनि सहयोग गर्न चाहेको राजदूत युुसुुफले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.