दराजको एप्पी शपिङ अभियान घाेषणा, विभिन्न उत्पादनमा ६० प्रतिशत छुट

  २०७६ फागुन १२ गते १५:४८     विकासन्युज

काठमाडौं । एपमा शपिङ गर्न अझै रमाईलो बनाउने उद्देश्य लिएर अनलाइन शपिङ साइट दराजले एप्पी शपिङको अभियान घोषणा गरेको छ ।

फागुन १३ गतेदेखि फागुन १९ सम्म सम्म हुने यस १ हप्ता लामो अभियानले ग्राहकहरुलाई अनेक मनोरञ्जनात्मक सुविधाहरूकोे माध्यमबाट रमाइलो र अन्तरकृयात्मक एप अनुभव पर्याउने कुरामा केन्द्रित छ ।

दराजको अन्तरकृयात्मक गेम जोनले एप प्रयोगकर्ताहरूलाई रोमाञ्चक खेलहरू खेल्न र अद्भुत उपहार जित्ने अवसर प्रदान पनि गर्दछ । यसबाहेक, वन रुपी गेम, मिशन गेम, र शेक शेक जस्ता आकर्षणहरू पनि छन् ।

प्रयोगकर्ताहरूले दराजको शेकशेक गेम मार्फत थप छुट प्राप्त गर्न पनि सक्ने छन् । यसबाहेक, कपडा, क्यामेरा, फोन, इलेक्ट्रोनिक्स, सौन्दर्य उत्पादनहरू, र अन्य उत्पादनहरूमा भारी छुट प्रदान गर्दै क्रेजी फ्ल्यास सेल्स विशेष समयमा आयोजित हुनेछ ।

यो एप अभियान मार्पmत दराजले मेगा डिलहरू प्रदान गर्नेछ जस अन्तर्गत धेरै उत्पादनहरूमा ६०% सम्मको छुट हुनेछ । यसबाहेक, प्रयोगकर्ताहरूले क्रेजी भौचरहरूको प्रयोग गरी सामानहरूका मूल्यहरूमा अझै धेरै छुट लिन सक्ने छन् ।

साथ,ै यस अभियानमा दराजले निःशूल्क वितरण, उपहारहरु, बन्डल अफरहरू, र अधिक धेरै आकर्षणहरु प्रस्तुत गर्नेछ । यी बाहेक, ग्राहकहरूले दराजको बैंकिंग साझेदारहरूको डेबिट र क्रेडिट कार्डहरू प्रयोग गरी पूर्व भुक्तानी गरेमा थप छुटको मज्जा लिन सक्छन् ।

दराजको बैंकिंग साझेदारहरू नबिल बैंक, स्टेनडर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक र एनआईसी एशिया बैंक हुन् । प्रत्येक बैंकले हप्ता भरि विशेष दिनहरूमा छुट प्रदान गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.