१४ वर्षीय सानिमाको अपहरण विवाहपछि जागेको प्रशंसाको प्रशंसनीय चेत

  २०७६ फागुन १२ गते १५:४६     डाेमी शेर्पा


काठमाडौं । सन् २०१८ मा प्रशंसा केसीले ग्लोकल टीन हिरोको उपाधी हात पारिन् । सयौं प्रतिस्पर्धीलाई पछि पार्दै १९ वर्षीय प्रशंसाले उपाधी हात पारेकी हुन् ।

आखिर के थियो प्रशंशामा, जसले उनलाई यो उपाधीको लागि दाबेदार ठान्यो ? आउनुहोस् आज उनको यात्रालाई नजिकबाट नियालौं ।

१९ वर्षीय प्रशंसा केसी रुकममा जन्मिएकी हुन् । उनी ६ वर्षको हुँदा उनको १४ वर्षीय सानिमालाई २४ वर्षीय युवकले अपहरण गर्यो । अपहरण गरेर लगेपछि उनकी सानिमाको त्यही युवकसँग विवाह भयो ।

धेरैका लागि यो घटना अनौठो लागे पनि रुकुमका लागि नयाँ थिएन । उनको गाउँमा यस्तो ‘चलन’ वर्षौंदेखि चल्दै आएको थियो । त्यसैले उनको सानिमाको अपहरणकारीसँगै विवाह हुँदा गाउँका कसैले केही पनि भनेनन् ।

६ वर्षीय प्रशंसालाई यो विवाह रोकेर सानिमालाई एउटा निकै सुन्दर जिन्दगी दिन मन थियो । तर त्यो रोक्न र मानिसहरुको ध्यान आकर्षण गर्नको लागि उनले उठाउन खोजेको आवाज निकै नै सानो थियो ।

आफ्नो सानिमामाथि भएको घटनाले प्रशंसाको त्यो कलिलो दिमागमा एउटा गहिरो छाप बनाइसकेको थियो । उनले त्यो घटनालाई कहिल्यै बिर्सन सकिनन् । त्यो चोटले उनलाई बारम्बार पिरोलिरहन्थ्यो ।

प्रशंसा ८ वर्षको हुँदा उनको परिवारले रुकुम छोडेर काठाडौं बसाई सराई गर्यो । काठमाडौं आएपछि पनि उनलाई त्यो नमिठो घटनाले लखेट्न छोडेको थिएन ।

अझै पनि कयौं किशोरीहरु अपहरण गरेर गरिने विवाह, बालविवाह, वैवाहिक बलात्कार जस्ता हिंसाको शिकार छन् भन्ने तथ्यलाई उनले वेवास्ता गर्न सकिनन् ।

अझै पनि कयौं किशोरीहरु अपहरण गरेर गरिने विवाह, बालविवाह, वैवाहिक बलात्कार जस्ता हिंसाको शिकार छन् भन्ने तथ्यलाई उनले वेवास्ता गर्न सकिनन् ।

अन्ततः उनले परिवर्तनको लागि पर्खनुभन्दा आफैं नै गरेर देखाउँने निधो गरिन् ।

त्यसपछि १५ वर्षको उमेरमा पहिलोपल्ट प्रशंसाले बुवाको तलबको सहयोगमा रुकुम जिल्लामै पहिलोपटक अपहरण विवाह र बालविवाह विरुद्ध अभियान सुरु गरिन् ।

यो अभियान संचालन गर्ने उनी पहिलो व्यक्ति थिइन् । यसअघि रुकुममा अपहरण र बालविवाह सम्बिन्धी कसैले पनि अभियान संचालन गरेका थिएनन् । कुनै पनि सम्बन्धित निकायको यसमा ध्यान गएको थिएन ।

त्यसपछि प्रशंसाले सन् २०१७ मा बालविवाह र अपहरण विवाहको विरुद्ध २१ दिने लामो अभियान नै चलाइन । उनले सो अभियानको क्रममा १० किलो वजन पनि घटाइन् ।

उनले अभियान सुरु गर्ने बेलासम्म पनि रुकुममा ८० प्रतिशत अपहरण विवाह र बालविवाह हुने गर्दथ्यो । तर, अहिले अपहरण विवाह भने निकै घटेर गएको छ । बालविवाह भने अझै पनि ८० प्रतिशत नै रहेको प्रशंसा बताउँछिन् ।

प्रशंसाले ग्लोकल टिन हिरोको बारेमा सन् २०१७ का ग्लोकल टिन हिरो सचिन डाँगीबाट थाहा पाएकी थिईन् । उनलाई आफ्नो कामको लागि पहिचान चाहिएको थियो । र, यसको लागि उनले ग्लोकन टीन हिरोको स्टेज रोजिन् । ६ जनालाई पछि पार्दै उनले उपाधी पनि जितिन् ।

‘ग्लोकन टीन हिरो भएपछि मेरो जिवनमा धेरै राम्रा राम्रा घटनाहरु भए, त्यसमा पनि मेरो लागि सबैभन्दा महत्वपूर्ण थियो मेरो कामको पहिचान । एउटा सामाजिक अभियान्ताको लागि आफ्नो कामको पहिचान सबैभन्दा ठूलो कुरा हुँदो रहेछ, मैले त्यहीँ पाएँ,’ प्रशंसा भन्छिन् ।

उनलाई अहिले महसुस भएको छ, समाजिक परिवर्तन एक जनाले मात्रे गरेर सम्भव छैन । परिवर्तनका लागि सबैको सहभागिता जरुरी छ ।

प्रशंसा अहिले सिभिल ईन्जिनियरिङ अध्ययन गरिरहेकी छन् । मानव कल्याणका लागि नारी सशक्तिकरण नै पहिलो शर्त हो भन्ने उनलाई लाग्छ ।

उनलाई त्यो उपाधीले धेरै मानिसहरुसँग सम्पर्क राख्न तथा विभिन्न प्रकारका सम्मेलनमा आफ्नो कुराहरु राख्न मद्दत गर्यो । उनले आफ्नो जस्तै सोच भएको धरै मानिसलाई भेटिन् । र, आफ्नो सोचसँग मिल्ने सोच भएकाहरुसँग मिलेर काम गर्ने मौका पनि पाइन् ।

प्रशंसा अहिले सिभिल ईन्जिनियरिङ अध्ययन गरिरहेकी छन् । मानव कल्याणका लागि नारी सशक्तिकरण नै पहिलो शर्त हो भन्ने उनलाई लाग्छ । र, शिक्षा नै नारी सशक्तिकरणको लागि सबैभन्दा राम्रो उपाय रहेको उनको निर्क्यौल छ ।

‘मध्यपश्चिम क्षेत्रका किशोरीहरु लजालु हुन्छन् । उनीहरु हामी जस्तो आफ्नो भावना व्यक्त गर्न सक्दैनन् । शिक्षा यस्तो पाटो हो, जसले उनीहरुलाई आफ्नो भावना व्यक्त गर्न मद्दत गर्दछ,’ प्रशंसाले भनिन् ।

प्रशंसा किशोरीहरुलाई मद्दत गर्नको लागि विद्यालय र अस्पतालहरु बनाउन चाहन्छिन् । उनी आफ्नो शिक्षाको मद्दतले उनीहरुलाई सहयोग गर्न चाहन्छिन् ।

प्रशंसा किशोरीहरुलाई मद्दत गर्नको लागि विद्यालय र अस्पतालहरु बनाउन चाहन्छिन् । उनी आफ्नो शिक्षाको मद्दतले उनीहरुलाई सहयोग गर्न चाहन्छिन् ।

जिन्दगी आएका कुनै पनि समस्यालाई हल गर्न सक्छु भन्ने विश्वास प्रशंसालाई छ । आफ्नो सोच अनुसार काम गर्ने राम्रो प्लेटफर्म पाएकोले ग्लोकल टिन हिरोको उपाधीलाई उनी जीवनको सबैभन्दा ठुलो उपलब्धीको रुपमा लिन्छिन् ।

प्रशंसासँग एक अभियान्ताको साथै फिल्म मेकिङको पनि चाहना छ । सामाजिक कुराहरुको विषयमा उनले डकुमेन्ट्रीहरु बनाएकी छिन् । उनले युएनबाट बेस्ट सर्ट फिल्म मेकिङको उपाधी पनि पाएकी थिइन् । यस्तै जोनताले सार्वजनिक मामिलामा लागिपरेका विश्वका १० युवतीहरुको लागि दिइने छात्रवृति पनि प्रशंसाले पाएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.