कर्तव्य ज्यान मुद्दामा फरार दुई प्रतिवादी प्रकाउ

  २०७६ फागुन १२ गते १५:२४     विकासन्युज

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा फरार दुई प्रतिवादी यज्ञप्रसाद चौलागाई र टिका कुमारी चौलागाईलाईलाई प्रहरीले काठमाडौंको गोठाटारबाट पक्राउ गरेको छ ।

घरपरिवारका सदस्यबाट हिंसाको सिकार बन्दै आएकी तुलसा कुमारी पहाडीलाई नातामा ससुरा पर्ने निज यज्ञप्रसाद र देउरानी नाता पर्ने टिका कुमारीले २०७३ साल कात्तिक ३० गते कुटपिट गरी मारेर विकासे कुलो नजिकै फालेका थिए ।

पुनरावेदन अदालत पाटनले उनीहरुलाई २० वर्षको कैद सजायको निर्णय गरेपश्चात फरार ती दुवैलाई फागुन ११ गते प्रहरी अनुसन्धान ब्युरोले पक्राउ गरी केन्द्रिय कार्यालय सुन्धारा कारागारमा पेश गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.