सरकारले लगानी बढाउन कानून संसोधन गरिरहेको छ : अर्थमन्त्री

  २०७६ फागुन १२ गते १४:४८     विकासन्युज

काठमाडौं । सरकारले लगानी वृद्धि गर्न कानून गर्दै गएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले देशमा लगानी वृद्धि गर्न सरकारले कानून संसोधन गर्र्दै जाने बताए । वल्र्ड बैंकको कार्यक्रममा बोल्दै विश्व भरका लगानीकर्ता आकर्षण गर्न औद्योगीक कानून सहज र सरल बनाउँदै गएको उनले बताएका हुन् ।

‘सरकारले निजी क्षेत्रको माग अनुसार नै कानून संसोधन गरिरहेको छ,’ अर्थमन्त्रीले भने । नेपालमा पर्यटन, जलविद्युत, सेवामूलक र उत्पादमूलक लगायतका क्षेत्रमा लगानीको वातावरण रहेको अर्थमन्त्रीले बताए । साथै, उनले मुलुकको अर्थतन्त्र विस्तारै सुधार हुँदै गएको दावी गरेका छन् ।

निजी क्षेत्रले राखेका समस्याहरु विस्तारै हट्दै गएको दावी गर्दै सरकारले उद्योगी व्यावसायीहरुले राखेका समस्या र गुनासोहरु साम्बोधन गर्दै गएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.