सेञ्चुरीका ग्राहकलाई माउण्ट प्रिन्सेस होटलमा १० प्रतिशत छुट

  २०७६ फागुन १२ गते १४:१६     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले धुलिखेलस्थित माउण्ट प्रिन्सेस होटलमा  १० प्रतिशत छुट पाउने भएका छन् ।  बैंकका ग्राहकले  उक्त  हाेटलमा  डिजिटल माध्यमबाट भुक्तानी गर्दा साे मात्रामा छुट पाउने सम्बन्धी सम्झौता भएकाे हाे ।

उक्त  सम्झौतापत्रमा धुलिखेल शाखाका शाखा प्रबन्धक दिपक ढुङ्गाना र माउण्ट प्रिन्सेस होटलका प्रमुख कार्यकारी अधिकृत जोत्सना सैंजुले हस्ताक्षर गरेका हुन् ।

नेपाल भ्रमण बर्ष २०२० मा काठमाडौंबाट नजिकको पर्यटकीय गन्तब्य ‘पर्यटन विकासको एउटै लक्ष्य, धुलिखेलको उज्जवल भविष्य’ सफल पार्न बैंकले आफ्ना देशैभरका खातावाला डेबिट तथा क्रेडिट कार्ड ग्राहाक र संस्थापक शेयरधनीलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

सम्झौता अनुसार बैंकको देशैभरका खातावाला डेबिट तथा क्रेडिट कार्ड ग्राहक र संस्थापक शेयरधनीले होटलको रुम बुकिङ र फुड एण्ड वेभरेज लगायतका सेवा सुविधामा १० प्रतिशत छुट पाउनेछन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.