सुनको मूल्य अहिलेसम्मकै उच्च, एकैदिन १५ सयले बढ्यो

  २०७६ फागुन १२ गते १२:१४     विकासन्युज

काठमाडौं । सुनको भाउ तोलाको ८० हजार नाघेको छ ।आज तोलामा १५ सय रुपैयाँ बढेर ८० हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो अहिलेसम्मकै उच्च भाउ हो । चीनलगायतका देशमा कोरोना भाइरस फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढ्दा भाउ आकाशिएको महासंघअन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताए ।

यस्तै चाँदी आज ५ रुपैयाँ बढेर तोलाको ९ सय २५ रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.