अर्थमन्त्रीबाट खतिवडा हट्ने हल्लाले १५ लाख लगानीकर्ता खुसी, सरकारलाई एकै दिन करोड आम्दानी

  २०७६ फागुन १२ गते ११:२४     विकासन्युज

काठमाडौं । २०७६ साल फागुन ११ गते नेपाली पुँजी बजारको ऐतिहासिक दिन भएको छ । एक दिन ३ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको सो दिन ब्रोकरले मिठाई बाँडेका थिए, धितोपत्र बोर्ड नेपाल स्टक एक्सचेन्जमा खुसीयाली मनाईको थियो भने ब्रोकरले मिठाई बाँडेका थिए ।

११ फागुनमा नेपाली पुँजी बजारमा ऐतिहासिक कारोबार भएको छ । सो दिन ३ अर्ब ६० करोड ८५ लाख रुपैयाँको कारोबार भएको छ ।

इतिहासकै सबैभन्दा बढी कारोबार भएको दिन सेयर ब्रोकरले १ करोड ८० लाख रुपैयाँ कमिसन लिएका छन् । किनभने सेयर कारोबारमा ०.४ प्रतिशतदेखि ०.६ प्रतिशतसम्म कमिसन ब्रोकरले लिन्छन् । यस्तोमा औसत कमिसन दर ०.५ प्रतिशतका दरले ३ अर्ब ६० करोड ८५ लाखको १ करोड ८० लाख रुपैयाँ कमिसन मानिएको हो ।

तर, ब्रोकरले लिएको कमिसन सबै ब्रोकरको हुँदन । कमिसनबाट ब्रोकरले कमिसन रकमको २० प्रतिशत नेप्सेलाई, ०.६ प्रतिशत धितोपत्र बोर्डलाई र ०.५ प्रतिशत सेटलमेन्ट ग्यारेन्टी फण्डलाई दिनुपर्छ । यस्तै ब्रोकरले कमिसन रकममा १५ प्रतिशत अग्रिम कर कट्टी गरेर सरकारलाई बुझाउनु पर्छ ।

हिजोको कारोबार ऐतिहासिक रुपमा धेरै हुनुमा अर्थमन्त्री डा. युवराज खतिवडाको सांसद पद जाने हल्लाले हो । डा. खतिवडाको राष्ट्रियसभा सदस्यको पद आगामी २० फागुनमा सकिदैछ । डा. खतिवडालाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनिय गरिएर राष्ट्रियसभा सदस्य बनाइएको थियो । अहिले पनि यसैगरी एक जनालाई राष्ट्रियसभा सदस्य बनाउनुपर्ने संबैधानिक अवस्था छ । तर, डा. खतिवडाको स्थानमा नेकपा उपाध्यक्ष बामदेब गौतमलाई मनोनित गरिने चर्चा चलेको छ ।

डा. खतिवडा अर्थमन्त्री भएदेखि नै ओरालो लागेको पुँजी बजारमा हिजो ऐतिहासिक रुपमा धेरै कारोबार भएको हो । धेरै कारोबार भएरको र नेप्से परिसुचक करिब ७० अंकले बढ्दा पुँजी बजारका १५ लाखभन्दा धेरै लगानीकर्ता खुसी भएका छन् ।

यस्तै, धेरै कारोबार भएको र आफूहरुको कमाई पनि बढेको खुसीयालीमा सेयर ब्रोकरले लगानीकर्तालाई मिठाई नै बाढेका छन् । यस्तै, धितोपत्र बोर्ड र नेप्सका उच्च अधिकारीले पनि खुसीयाली मनाएका छन् । तर, बजारको यो बृद्धि कति दीगो हुन्छ भन्ने यकिन भने छैन ।

बजारमा उत्साहजनक कारोबार हुँदा सरकारलाई पनि राम्रै फाइदा भएको छ । नेप्से र धितोपत्र बोर्ड जस्ता सरकारी निकायले लिएको कमिसन तथा सरकारले प्राप्त गरेको सेयर ब्रोकरको अग्रिम कर कट्टी (टीडीएस) रकम जोड्दा ८० लाख रुपैयाँको हाराहारीमा हुने देखिन्छ ।

यस्तै, आइतबार नेपाली पुँजी बजारमा भएको ३ अर्ब ६० करोड ८५ लाख रुपैयाँको कारोबारमा आधा रकम सेयर किनेको हो भने आधा रकम बेचेको हो । सेयर विक्री गर्नेले नाफा खाएर विक्री गर्दा सो नाफा रकमको ५ प्रतिशत सरकारलाई पुँजीगत लाभकर तिर्नुपर्छ । सरकारी निकायले लिएको कमिसन, शुल्क तथा सरकारले दिएको कर तथा पुँजीगत लाभकर समेत जोड्दा ११ फागुनमा सरकारले पुँजी बजारबाट एकै दिन १ करोड रुपैयाँभन्दा बढीको आम्दानी गरेको अनुमान गरिएको छ । सरकारको आम्दानी बढ्नुको पछाडि पनि डा. खतिवडाको अर्थमन्त्री पद जाने भन्ने हल्ला नै हो ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री ओली डिसेसिभबाट डिफेन्सिभ अवस्थामा, अर्थमन्त्री नदोहाेरिने सम्भावना, अबको गभर्नर को ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.