३ करोड लगानीमा सुकुटे रिभर फन बिच रिर्सोट संचालनमा

  २०७६ फागुन १२ गते १०:२०     विकासन्युज

काठमाडौं । फ्रेन्डस भिजन हस्पिटालिटी ग्रुपले सिन्धुपाल्चोकमा सुकुटे रिभर फन बिच रिर्सोट संचालनमा ल्याएको छ ।

करिब ३ करोड लगानीमा सात जनाको समुहले रिर्सोटलाई संचालनमा ल्याएको हो ।
फागुन २ गते देखि  संचालनमा आएको  उक्त रिर्सोटकाे वन तथा पर्यावरण र वातवरण मन्त्री अरुण नेपालले उद्घाटन गरेका थिए ।

२४ रोपनी क्षेत्रफलमा फैलिएको रिर्सोट पूर्ण रुपमा संचालनमा आएपछि ७० जना भन्दा बढीले रोजगार पाउने रिसोर्ट संचालक टंक गुरागाई बताउँछन् ।

रिसोर्टमा ११ वटा डिलक्स रुम, १० वटा साधरण रुम, १४ वटा डिलक्स सफारी टेन्ट, ६ वटा सामान्य टेन्ट, २ सय भन्दा बढि क्षमता भएको मिटिङ कक्ष, ३ सय १० जना क्षमता भएको डाईनिङ हल, स्वमिङ पुल, जंगल सफारी, चिल्ड्रेन पार्कका साथै ३ हजार क्षमता भएको कन्सर्ट गर्ने ठाउँ रहेको छ ।

रिर्सोटले सँगै १० रोपनी जग्गामा अर्गानिक तरकारी खेती पनि सुरू गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.