हुन्डाईले ल्यायो ‘स्प्रीङ डिलाइट’ योजना, गाडी किन्दा नगद छुटका साथै आकर्षक सुविधा पाइने

  २०७६ फागुन ११ गते १९:३२     विकासन्युज

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई स्प्रीङ डिलाइट’ योजना ल्याएको छ । यस योजना मार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटका साथै विभिन्न सुबिधाहरु प्राप्त गर्ने अवसर पाँउनेछन ।

यस योजना अन्तर्गत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुट, निशुल्क १ वर्ष सम्मको बीमा, आकर्षक एक्सचेन्ज बोनस, स्पट् एक्सचेन्ज तथा मुल्याँङ्कनको सुबिधासमेत प्राप्त गर्न सक्नेछन् । साथै हरेक हुन्डाई गाडीको खरिदमा ४ वर्षसम्म निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सकिनेछ ।

वसन्त ऋतुको नयाँ बहारलाई स्वागत गर्नको लागि यस ‘हुन्डाई स्प्रीङ डिलाइट’ योजनाले ग्राहकवर्गमा नयाँ जोस र जागर उत्पन्न गर्ने लक्ष्य लिइएको छ । यस लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ ।

साथै, यस ‘हुन्डाई स्प्रीङ डिलाइट’ योजना मार्फत पनि ग्राहकहरुलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।
यस योजना निर्धारित समयका लागी मात्र लागु हुने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.