रियालिटी शो ‘नेपाल स्टार’लाई वाइवाइले प्रायोजन गर्ने

  २०७६ फागुन ११ गते १९:१२     विकासन्युज

काठमाडाैं । नेपाल टेलिभिजनका लागि  ‘कि इन्टरटेन्टमेन्ट एण्ड रिसर्च प्रा.लि ले उत्पादन गर्न लागेको नयाँ गायन रियालिटी शो ‘नेपाल स्टार’लाई वाइवाइले प्रायोजन गर्ने भएको छ । जसकालागि आइतबार ‘कि इन्टरटेन्टमेन्ट एण्ड रिसर्च प्रा.लि’ का प्रमुख रविन्द्र कुमार रिजाल र वाइवाइको तर्फबाट चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीबीच सम्झौता भएको छ ।

सम्झौता पश्चात बोल्दै निर्वाण चौधरीले स्वदेशमा नै उत्पादन हुने  रियालिटी शोमा स्पोन्सर गर्न पाउँदा खुसी लागेको  बताए ।

‘युवालाई प्रोत्साहित गर्न हाम्रो ग्रुप सधै नै तयार भएको र रियालिटी शोबाट धेरै राम्रो-राम्रो संगीत प्रेमीहरु स्थापित हुनेमा विश्वास व्यक्त गरेका छन्’ उनले भने ।

वाइवाइले विश्वास गरेर धेरै कामहरुमा सहयोग गर्दै आएको जानकारी गराउँदै कि इन्टरटेन्टमेन्टका प्रमुख रवीन्द्रकुमार रिजालले सिजी कम्पनीलाई धन्यवाद दिएका छन् ।

रियालिटी शोमा निर्णायकको रुपमा रामकृष्ण ढकाल, आलोक श्री, र अन्जु पन्त रहेका छन्। नेपाल स्टारको पहिलो चरणको अडिसन सकिएको छ । सातवटै प्रदेश र काठमाडौं गरेर ८ वटा शहरमा अडिसन लिइएको थियो ।

प्रतियोगिताको निर्णायक ढकालले फ्रेन्चाइज रियालिटी शो भन्दा नेपाल स्टार कमजोर नभएको बताए ।  दर्शकले फ्रेन्चाइज शो कै लेभलमा नेपालमा नै तयार रियालिटी शो खोजि रहेका बेला त्यो अपेक्षालाई यस रियालिटी शोले पूरा गर्नेमा ढकालको विश्वास रहेको थियो ।

अन्जु पन्त र आलोक श्रीले नयाँ रियालिटी शोमा निर्णायकको रुपमा रहन पाएकोमा खुसी व्यक्त गरे । अन्जु पन्तले यो नेपालको उत्कृष्ट रियालिटी शो भएको पनि दावी गरेकी छिन् ।

यस रियालिटी शोमा ५० लाख पुरस्कार राखिएको नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले जनाकारी गराए ।

‘हामीले उत्कृष्ट ४ मा परेका सबैलाई पुरस्कार दिनेछौं । उत्कृष्ट चार जनाले नै जनही ५ लाख पुरस्कार पाउनु हुनेछ र, टाइटल विजेताले थप ३० लाख पुरस्कार जित्नुहुनेछ ।’ अध्यक्ष विष्टले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.