स्पार्क हेल्थ होमले पत्रकार पौडेललाई दियो एक लाख सहयोग

  २०७६ फागुन ११ गते १७:१३     विकासन्युज


काठमाडौं । स्पार्क हेल्थ होम हस्पिटलले पत्रकार कमल पौडेललाई १ लाख सहयोग गरेको छ । स्पार्क हेल्थ होम हस्पिटलले आफ्नो २८ औं वार्षिकाेत्सवको अवसरमा रक्त क्यान्सरका बिरामी पत्रकार पौडेललाई कार्यक्रममा लाग्ने खर्च १ लाख प्रदान गरेको हो ।

पत्रकार पाैडेलका छाेरालाई सहयाेग रकम प्रदान गरिएको थियो । पत्रकार पौडेलले आफुहरुलाई गरेको सहयोग कहिले नबिर्सिने अस्पतालका मेडिकल डिरेक्टर डा. सुनिल पौडेलले बताए ।

यस्तै पेटका क्यान्सर लागेका अस्पतालमा १२ वर्ष देखि कार्यरत कर्मचारी काजी महर्जनलाई पनि अस्पतालले दोस्रो चरणको सहयोग स्वरुप ५० हजार सहयोग गरेको छ ।

यस्तै अस्पतालले वार्षिकाेत्सवको अवसरमा नि शुल्क हाड जोर्नी तथा नशा शिविर र रक्तदान कार्यक्रम आयोजना गरेको थियो । १ सय २ जनाले नि शुल्क स्वास्थ्य परिक्षण गराएका थिए भन्दा ४२ जनाले रक्तदान गरेका थिए ।

विगत २८ वर्ष देखि प्राकृतिक चिकित्सामा सेवा प्रदान गर्दै आएको अस्पतालको हाल काठमाडौंको सतुंगल, चाबाहिल, सुर्यबिनायकऽ सोल्टीमोडमा गरेर ४ वटा शाखा रहेका छन् । सोल्टीमोडमा यसको प्रमुख कार्यलय रहेको छ । काठमाडौंबाहिर विराटनगर, बिर्तामोड, धरान, कास्की र दमौलीबाट यसले सेवा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.