सुविसुले शुरु गर्यो १००जी अप्टिकल नेटवर्क

  २०७६ फागुन ११ गते १५:०३     विकासन्युज

काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले नोकियाको सहकार्यमा १००जी अप्टिकल नेटवर्कको कार्य विस्तार गरेको छ । समयको माग र ग्राहकको स्तरीय सन्तुष्टीको निम्ति सुबिसुले अत्याधुनिक सेवाको सुरुवात गरेको हो ।

यसबाट उपभोक्ताले आफ्नो ब्यान्डवीथ वानजीबीपीएससम्म विस्तार गर्न सक्नेछन् । यसको शुरुवातसँगै हाइ स्पिड इन्टरनेट र हाइ डिफिनेशन इन्टरनेट प्रोटोकल(आइपीटिभी) को सेवा लिन सक्नेछन् ।

देशको ११ स्थानमा नोकियाको १८३० फोटोनिक सर्भिस स्विच(पिएसएस), डेन्स वेभलेन्थ डिभिजन मल्टीप्लेक्सिङ(डिडब्लुडिएम) विस्तार गरिसकेको छ । यसबाट ग्राहककाे बदलिंदो मागलाई पुर्ति गर्नुका साथै सुविसुले १००जी सर्भिस प्रदान गर्न सक्नेछ ।

नेपाल सरकारको ‘डिजिटल नेपाल’लाई लक्षित गर्दै सुरु गरिएको यस बिस्तारले सम्पूर्ण देशलाई नै सामाजिक एवम् आर्थिक विकास तिर अग्रसर हुन टेवा पुर्याउने विश्वास लिइएको छ । नोकियाका बिनिस बाबाले यसबाट नेपालका ग्राहक एवं व्यवसाय सबैले फाइदा लिन सक्ने र नेपालको संचार प्रबिधिको क्षेत्रमा यो महत्तवपुर्ण कदम रहेको बताएका छन् ।

आफ्ना ग्राहकलाई उच्च स्तरीय सेवा प्रदान गर्ने उद्देश्य लिएको सुविसुले यस कदमबाट सम्पूर्ण ग्राहक एवं व्यावसायले राम्रो प्रतिफूल प्राप्त गर्ने विश्वास लिइएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय मोहन साउदले यसको थालनीसँगै ग्राहकको बदलिदो मागलाई सजिलैसँग पूरा गर्न सकिने र आगामी दिनहरुमा पनि सेवा बिस्तारमा कुनै समस्या नआउने उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.