राष्ट्रिय बीमा संस्थानको ५३औं वार्षिकाेत्सव सम्पन्न, बीमा पहुँच वृद्धि गर्न सघाउने

  २०७६ फागुन ११ गते १३:५६     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले आइतबार ५३ औँ वार्षिकाेत्सव सम्पन्न गरेको छ । वार्षिक उत्सव कार्यक्रममा अर्थमन्त्री एवम् सूचना तथा प्रविधि मन्त्री डा. युवराज खतिवडा प्रमुख अतिथिको रुपमा उपस्थित थिए ।

यस्तै, बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाई विषेश अतिथि, जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डे, संस्थानका प्रकाशक कवि प्रसाद पाठक उपस्थित थिए । कार्यक्रमलाई बीमा संस्थानका अध्यक्ष गंगाराम कडेंलले सभापतित्व गरे ।

‘बीमा क्षेत्रको जेठो संस्थाको नाताले बीमा संस्थानले काम गर्न सक्छ भन्नेमा म विश्वस्त छु, नेपालमा एक मात्र पूनर्बीमा छ त्यसले पुग्ने कि नपुग्ने भन्नेमा तपाईहरुको धारणा हामी सुन्न तयार छौँ तर पूनर्बीमाले काम गरेको छैन भन्ने मेरो धारणा होइन’, अर्थमन्त्री एवम् सूचना तथा प्रविधि मन्त्री डा. युवराज खतिवडाले भने ।

‘सरकारी स्वामीत्वको एक मात्र संस्थान भएकाले बीमा संस्थानले गति लिने ठाउँ छ, ४ वर्षको कार्यकाल अवधिमा केही कुरा मलाई सुधार भएको महशुस भएपनि गर्न बाँकीपनि धेरै छन्, नेपालको आफ्नै बीमांकी नहुनुले भारतिय बींमाकीको भर पर्नु परेको छ’, बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाइले भने ।

‘२२ प्रतिशत जनतामा बीमाको पहुँच पुगिसेको छ, हरेक स्थानिय तहमा पुग्ने हामीले लक्ष्य लिएका छौं र विद्यार्थी लक्षित बीमा कार्यक्रममा हामी अघि बढ्छौ,’ बीमा संस्थानका प्रशासक कविप्रसाद पाठकले भने ।

बीमा संस्थानले वर्ष भरी सबै भन्दा धेरै बीमा शुल्क संकलन गर्ने सफल अभिकर्तालाई सम्मान तथा प्रमाण पत्र समेत वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.