एफएनसीसीआईको साधारणसभा चैत २८ र २९ गते हुने निश्चित

  २०७६ फागुन ११ गते १३:३७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधरणसभा चैत २८ र २९ गते हुने निश्चित भएको छ।  साधरणसभाकाे निश्चित समय ताेक्नका लागि  आइतबार समितिको बैठक बस्ने महासंघकी अद्यक्ष भवानी राणाले बताइन् ।

उनले साधरणसभा कुनै पनि हालतमा पछाडि नधकेलिने बताइन् । उनले आइतबार समितिकाे बैठक बसेर साधरणसभाकाे एकिन समय ताेक्ने बताइन् ।

महासंघको ५४ औं साधरणसभाबाट अहिलेका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतस् अध्यक्ष हुनेछन्। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वत अध्यक्ष हुने व्यवस्था छ।

सो सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ । विधानअनुसार महासंघको बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुनेछन् ।

त्यसैकारण अहिलेका बरिष्ठ उपाध्याक्ष शेखर गोल्छा महासंघको आगामी कार्यकालको अध्यक्ष हुदैछन् ।

तर, चैतमा हुने अधिवेशनले गोल्छापछिको नेतृत्व पनि चयन गर्दैछ । चैतमा हुने महाधिवेशनले जसलाई बरिष्ठ उपाध्यक्ष बनाउनेछ, सो व्यक्ति नै गोल्छापछिको महासंघको अध्यक्ष बन्नेछ ।

निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था भएको कारण पनि महासंघको नेतृत्वका बारेमा चासो र सरोकार हुनु स्वभाविकै हो ।

सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर कार्यान्वयन गर्ने अधिकांश काममा महासंघको संलग्नता हुने भएकोले पनि यसको महत्व धेरै छ ।

सम्बन्धित समाचार:

कर्णालीका व्यवसायीको दुखेसोः महासंघले हाम्रो समस्या कहिल्यै बुझ्दैन, अपेक्षा याे छ भनेर के गरौं

सुदूर-कर्णालीका व्यवसायी भन्छन्- हामी सँधै थिचियौं, अब हामीलाई माथि उठाउने नेतृत्व चाहिँन्छ

किशोर प्रधानको उम्मेदवारी घोषणा सभामा शेखर गोल्छा गए, सौरभ ज्योति गएनन्

चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले व्यवसायीका समस्या सुनिदिए पुग्छ

निर्वाचन नजिकिँदै गर्दा महासंघमा ध्रुवीकरण तीव्र

पाँच उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः राजनीतिक दललाई गुहार्नुपर्ने प्रवृतिको अन्त्य गरोस्

पाँच उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः अबकाे नेतृत्वले साना व्यवसायीका पनि पिरमर्का बुझोस्

चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः महासंघ ठूला घरानाको मात्र नहाेस्

चार प्रदेश महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले शक्ति विकेन्द्रित गर्न सकोस्

तीन प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले एसएमईको प्रबर्द्धन सोचोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.