करको विषयमा म अलि कठोर नै छुँ साथीहरुः अर्थमन्त्री डा. खतिवडा

  २०७६ फागुन ११ गते १२:२४     विकासन्युज

काठमाडौं । अर्थमन्त्री एवम् सूचना संचार तथा प्रविधि मन्त्री डा. युवाराज खतिवडाले आफू करको विषयमा कठोर रहेको बताएका छन् ।

राष्ट्रिय बीमा संस्थानको ५३औं वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

‘करको विषयमा म अलि कठोर नै छु साथीहरु, यो बुझिदिनु होला, कर भनेको कमाउन सक्नेबाट लिने र कमाउन नसक्नेलाई दिने हो, तपाईहरु खाली कर छुट, कर छुट मात्र भनिरहनु हुन्छ,’ अर्थ मन्त्री एवम् सूचना तथा प्रविधि मन्त्री डा. खतिवडाले भने ।

जीवन बीमा कम्पनीहरुले जीबन बीमा गरेको रकममा कर छुटको सीमा बढाउनु पर्ने बताउँदै आएका छन् । अहिले जीबन बीमा गरेको रकमबाट वार्षिक २५ हजार रुपैयाँसम्म घटाएर आयकर छुट पाउन सकिन्छ । बीमा कम्पनीहरुले यो रकम बढाएर ५० हजार रुपैयाँ बनाउन माग गरिरहेका छन् ।

बीमा गरेको रकम जम्मा भएर राष्ट्रिय महत्वका परियोजना पनि बनाउन सकिने भएकोले कर छुट दिएर बीमामा आकर्षण बढाउनु पर्ने कम्पनीहरुको भनाइ छ । तर, कर छुट दिदाँ राजस्व संकलन प्रभावित हुने भन्दै सरकारले सीमा बढाउन चाहिरहेको छैन ।

देशमा सम्पन्न तथा विपन्न दुर्व वर्गका नागरिक रहने र सरकारले दुवैलाई सम्बोधन गर्दै अघि बढ्नु पर्ने उनको भनाइ छ । साथै, हरेक क्षेत्रको जोखिम बहन गर्ने भएकाले बीमा बजारमा सबैले आफ्नो सकारात्मक भुमिका खेल्न आवश्यक रहेको उनले सुझाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.