स्टार इंडिया ग्रुपद्वारा ‘स्टार इन्टरनेशनल ऐजुकेशन अवार्ड’ वितरण, विभूषित भए ९ जना कलाकार

  २०७६ फागुन ११ गते १२:१४     विकासन्युज

काठमाडौं । स्टार इंडिया ग्रुपले नेपाल–भारत अन्तर्राष्ट्रिय मैत्री साङ्गीतिक कार्यक्रम तथा स्टार इन्टरनेशनल एजुकेशन अवार्ड २०२० सम्पन्न गरेको छ । उक्त कार्यक्रम डीएभी शुशील केडिया विश्व भारती उच्च माध्यमिक विद्यालयमा भएको थियाे ।

कार्यक्रममा भारतबाट आमन्त्रित ९ प्रतिष्ठित कलाकारहरूलाई भारत गौरव रत्न अवार्डबाट विभूषित गरिएको छ । उक्त कलाकारहरूको समूहको विभिन्न प्रस्तुति हेर्नको लागि एक हजार बढी उपस्थित थिए ।

भारत गौरव रत्न अवार्ड २०२० बाट विभूषित हुने कलाकारहरूको सूचीमा अदिती जमडाडे, संजुक्ता मुखर्जी, स्वाती शर्मा, सुजाता रामनाथन, चंदना अप्पम, सुजता भिडे, तेजश यादव, आभा वामबुरकर र सुनिता जमडाडे छन् ।

कार्यक्रमका प्रमुख अतिथि स्टार इंडिया ग्रुपका डाइरेक्टर सुनिल कुमार र भारतीय दुतावासका कार्यवाहक राजदुत महामहिम डा. अजय कुमार उपस्थित थिए ।

उपस्थित दर्शकहरूलाई सम्बोधन गर्दै स्टार इंडिया ग्रुपका व्यवस्थापकीय डाइरेक्टर सुनिल कुमारले नेपाल–भारत सांस्कृतिक विरासतको केन्द्रको रूपमा विश्व मानवकल्याण र भातृत्वको लागि अध्ययनको केन्द्र रहेको बताए ।

स्टार इंडिया ग्रुपको २०२० को इन्टरनेशनल एडुकेशनल अवार्ड यस वर्ष समेत डीएभी. विद्यालयले हात पा¥यो । त्यसैगरी, विद्यालयका अध्यक्ष अनिल केडियाले सोहि ग्रुपको बेस्ट लिडरसिप अवार्ड जित्न सफल भएका छन् भने प्राचार्य भुवनेश्वरी रावले वेस्ट प्रिन्सिपल अवार्ड जित्न सफल भएकी छन् ।

यससँगै स्टार इंडिया ग्रुपको अन्तर्राष्ट्रिय अवार्ड डीएभी. विद्यालयले १२ औ पटक हात पार्न सफल भएको हो । अवार्ड हात पारेसँगै डीएभी विद्यालयकी प्राचार्य भुवनेश्वरी रावले भारत गोैरव रत्न अवार्ड वितरण समारोह डीएभी स्कुलमा आयोजना हुनु विद्यालएकै लागि महत्वपूर्ण उपलब्धी भएको बताइन् ।

उक्त कार्यव्रmममा विवेकानन्द सांस्कृतिक केन्द्रका निर्देशक डा. केदार नाथ शर्मा, त्रिभुवन विश्वविद्यालयका डा. विरेन्द्र पाण्डे, नेपाल–भारत मैत्रि समाजका अध्यक्ष–प्रेम लस्करी र परित्रान कन्सल्टेन्सिका विक्रान्त पाण्डे, लगायत प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.