सनराइज बैंकले ल्यायो नयाँ कर्जा योजना, एक करोड रूपैयाँसम्म सहुलियत ब्याजमा ऋण पाइने

  २०७६ फागुन ११ गते ११:२०     विकासन्युज

काठमाडौं । सनराइज बैंकले नयाँ कर्जा योजना ‘सनराइज सरल एसएमई कर्जा’ संचालनमा ल्याएको छ । पूँजीको अभावले उद्यम तथा व्यवसाय सञ्चालन तथा विस्तार गर्न असमर्थ साना व्यवसायीलाई सहज तथा सरल ढङ्गले तत्कालै कर्जा उपलब्ध गराउने उद्देश्यले  सो योजना ल्याइएको हो ।

उक्त योजना अन्तर्गत ग्राहकले कर्जा लिन आवश्यक सम्पूर्ण कागजात बैंकमा पेश गरेको २४ कार्य घण्टामै ग्राहकलाई कर्जा प्रवाह गरिने व्यवस्था मिलाइएको छ ।

यस याेजनाअनुसार ग्राहकले एक करोड रुपैयाँ सम्मको कर्जा सहुलियत ब्याज दरमा प्राप्त गर्न सक्नेछन् । यस्तै बैंकले कर्जाको लागि प्रचलित धितो आवश्यकताको लागि समेत केहि छुट प्रदान गर्नका साथै यस्तो सुविधा उपयोग गर्ने व्यवसायसँग सम्बन्धित व्यक्तिहरुले निःशुल्क क्रेडिट कार्डको सुविधा समेतको लाभ उठाउन सक्नेछन् ।

साना तथा मझौला उद्यमीको लागि कर लेखा तथा अन्य व्यवसायिक दक्षता अभिवृद्धिका निमित विभिन्न किसिमका परामर्श सेवा समेत उपलब्ध गराउँदै आएको जनाइएको छ । यो सुविधा देशका विभिन्न स्थानमा फैलिएका बैंकको १३० शाखाहरूबाट ग्राहकले लिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.