कोरोना भाइरस, चीन, विश्व अर्थतन्त्र र नेपाल

  २०७६ फागुन १० गते १८:४५     कृष्णभक्त दुवाल, शेरजंगबहादुर चन्द

चीनलगायत विश्वको अधिकाश मुलुकहरुमा कोरोना भाइरसबाट संक्रमितहरु एकाएक बढ्दै जाँदा चीनमा मात्रै हाइन संसारभर नै बहस चल्न थालको छ । एक करोड ५० लाख जनसंख्या रहेको वुहानमा ४० लाख जनसंख्या नयाँ वर्षको अवसरमा बाहिरिएको हुवे प्रान्तको वुहानमा इपीसेन्टर रही गतवर्षको डिसेम्वरको मध्यतिर फैलिएको कोरोना भाइरसले संसारलाई नै त्रसित पारेको छ ।

एकातिर चीनले कोरोना भाइरसलाई कसरी काबुमा ल्याउन सकिन्छ कि भनेर हरसम्भब प्रयास गरिरहेको छ भने अर्कोतर्फ चीनले आफ्नो आर्थिक बृद्धिदरलाई कसरी कायम राख्न सकिन्छ भन्ने प्रश्नमा चिनियाँ सरकार चिन्तित देखिन्छ । किनकि विश्वलाई अव थाहा भइसक्यो कि चीनले राष्ट्रिय सुरक्षा अन्तर्गत पर्ने मानव सुरक्षालाई पनि बढी ध्यान दिन थालेको छ र उसले यस्ता देखापर्ने समस्याका लागि लड्नसक्छ कि सक्दैन भन्ने प्रश्न नै भएन ।

बरु यस्तो समस्या चीनसंग कति दिन टिक्नसक्छ भन्ने प्रश्न हो । तर त्यो भन्दा पनि ठूलो प्रश्न उसले आफ्नो अर्थतन्त्रलाई कसरी जोगाउछ र आफ्नो आर्थिक बृद्धिदरलाई कसरी ६ प्रतिशत भन्दा कम आउन दिंदैन, यही विश्व जगतको चाँसोको कुरा हो र छ पनि । विगत १८ बर्षसम्म ६ प्रतिशत भन्दा वढीमा आर्थिक बृद्धिदर हासील गर्दै आएको चीनका लागि यो आफैमा ठूलो चुनौती र लडाई पनि रहेको छ ।

सन् २००३ मा चीनले सार्स रोगको सामना गर्दा केही समयका लागि २ प्रतिशत भन्दा बढी आफ्नो आर्थिक बृद्धिदरमा कमी आएको थियो । यद्यपि त्यतिखेर सार्स २७ देशहरुमा देखापरेको थियो । जुनबेला सार्सले चीनको अर्थतन्त्रमा लात्ता बजारेको थियो, त्यतीबेला चीनले संसारको अर्थतन्त्रको ८ प्रतिशत भाग ओगट्ने गरेको थियो । तर आज त्यो स्थितिमा चीन छैन । चीनले विश्व अर्थतन्त्रको १९ प्रतिशत भन्दा बढी भार ओगटेको छ र त्यो भन्दा पनि यो देश आज विश्व अर्थतन्त्रमा अमेरिकापछिको ठूलो अर्थतन्त्र भएको देश भइसकेको छ ।

आज यो देशले आफ्नो आर्थिक बृद्धिदर कायम राख्न नसक्दा आफूमात्र होइन पुरै विश्व नै खलबलिन्छ ।  यो संसारभरिका अर्थशास्त्रीहरुले राम्ररी बुझेका छन् । वुहानमा संक्रमण भईरहेको बेला बेईजिङमा चीनियाँ अर्थशास्त्रीहरुलाई चिन्ता हुनु नौलो कुरा थिएन । त्यही भएर कसरी आफ्नो आर्थिक बृद्धिदर कायम राख्न सकिन्छ भनी एकआपसमा बादविवाद तथा तर्कवितर्क सुरु गरिसकेका थिए ।

चीनियाँ अर्थतन्त्रमा परिरहेको कोरोना भाइरसको असर

सांघाई स्टक एक्सचेन्ज ८.२५ प्रतिशतले तल झर्नु साथै सन्जेन कम्पोजिट इन्डेक्स ८.४ प्रतिशले तल झर्नु कोरोना भाइरसको चिनियाँ अर्थतन्त्रलाई पहिलो झट्का हो । त्यस्तै चिनियाँ मुद्रा ९युआन० अमेरिकी डलरको तुलनामा ७ प्रतिशतसम्म कमजोर हुनु कोरोनाको अर्को ठूलो झट्का हो । यो झट्काले पनि चीनलाई अलि कम दुखिरहेको छ होला तर ढाडमा त त्यतिवेला असर पर्यो जव पव्लिक वैंक अफ चाइना ९पीओवीसी० ले सर्वसाधारणबाट १.२ ट्रिलियन चाइनिज मुद्रा जम्मा गर्ने कार्य केही समयका लागि लम्ब्यायो ।

बजार र बैंकमा पैसाको तरलता कम भयो भनेर लिन लागिएको रकम तरलता बढी भयो भनी केही समयपछि लिने भनी लम्ब्याउनुले देशको अर्थतन्त्रमा यति ठूलो असर परयो कि बैंकभरिको पैसा चलायमान भएन । पैसाको बितीय चक्र एकाएक उल्लेखनिय रुपमा प्रवाहहिन हुन थाल्यो । यसको पछि कति प्रान्तले २० औं दिन जती कुनै कम्पनी, कार्यालय, कलकारखाना नखोल्ने निर्णय पनि एउटा थियो ।

सन् २०२० जनवरीमा भएको अमेरिका र चीनको सम्झौता, जसमा चीनले अमेरिकाबाट २०० विलियन डलर बराबरको सामान किन्ने र दुई देशवीचको ब्यापारिक युद्ध कम गर्ने कुरा पनि गाह्रो भइसकेको कुरा पनि केही विज्ञहरुले विश्लेषण सुरु गरिसकेका छन् । दैनिक ८५ मिलियन आन्तरिक यात्रु ९प्यासेन्जर० हिड्ने ट्राफिक १८ मिलियनमा झरेको कुरा चीनले लुकाउन खोजे पनि यो लुकाउन सक्ने कुरा भएन । यद्यपि हाल स्थितिमा ८० प्रतिशतसम्म सुधार भइसकेको देखिन्छ ।

चाइनाभरि आठ सय एप्पल मोवाइलका स्टोरहरु बन्द, ग्लोबल टिभी उत्पादनमा ५० प्रतिशतले कमी, हुण्डाई कम्पनी पार्टपूर्जाको अभाबले केही दिन बन्द हुनु, वुहान प्रान्तमा रहेका १९ ठूला कम्पनीका एक लाख भन्दा बढी कामदार तीन हप्ता घर बस्नु, चार हजार दुई सय स्टारबक्स बन्ददेखि लेभाइज आदिका कारखानाहरु बन्दले चीनको अर्थतन्त्रमा ठूलो असर पर्ने देखिन्छ ।

१८ बर्ष भन्दा बढी समय लगातार यस देशले आर्थिक बृद्धिदर ६ प्रतिशत भन्दा कमी आउन थिएन तर अमेरिका तथा केही पश्चिमेली देशका अर्थशास्त्रीहरुले पाँंच ५.६ प्रतिशत भन्दा कममा झर्छ भन्दै ठोकुवा गर्दै हिडेका छन ।  तर यो चीनको लागि आफैमा ठूलो चुनौती रहेको छ । अक्सफोर्डका अर्थशास्त्रीहरुले पहिलो चौमासिक चीनका लागि ४ प्रतिशत मात्र आर्थिक बृद्धिदर हुनेछ भनी विश्लेषण गरेका छन् । जसको लागि चीनले केही गर्नुपर्ने चुनौति देखापरेको छ ।

विश्व अर्थतन्त्रमा कोरोनाले पारेको असर

चीनका अधिकांश सहरहरुको बाटामा अत्यावश्यक सामाग्री वोक्ने सवारीसाधहरुबाहेक अरु नचल्नाले इन्धनको खपटमा १८ प्रतिशतको कमी आउनु तथा हवाई ईन्धनको खपतमा २१ प्रतिशतको मागमा कमी हुनाले पेटोल निर्यातक राष्टहरुको संघ (ओपेक) र रुसले आफना खानीहरुमा कामदार घटाएर ईन्धन उत्पादन घटाउने कि ईन्धनको मूल्य कम गर्ने भनी बहस नै गरे ।

र हालसम्म पनि गर्दैछन् । विश्वको १९ प्रतिशत भन्दा बढी अर्थतन्त्र बोकेको चीनमा यदि आप्नो आर्थिक बृद्धिदर १ प्रतिशत कम हुन्छ भने यसको असर संसारमा ०.२ प्रतिशतले पर्दछ भन्ने सबैले बुझेको कुरा हो । यदि चीनले २ ट्रिलियन अमेरिकी डलर बराबरको सामान कम उत्पादन गर्दछ भने यो भनेको हाम्रो छिमेकी देश भारतको जिडिपीको ७० प्रतिशत बराबर हो ।

यो मामिलामा विश्व जानकार नभएको होइन तर पनि विश्व अर्थतन्त्रमा कोरोना भाइरसले ठूलो असर गरेको छ भनी केही मुलुक पत्याइरहेका छैनन् । पर्यटन क्षेत्रको मात्र अध्ययन गर्ने हो भने चिनियाँं पर्यटकको कमीले संसारभर ठूलो असर गर्दछ । कोरोना भाइरसले गर्दा ५५ प्रतिशत चीनियाँ पर्यटकले विदेश नजाने निधो गरी टिकट रद्द गरिसकेका छन् ।

यसको झट्का विश्व पर्यटनको अर्थतन्त्रमा नै पर्ने देखिन्छ । पर्यटन व्यवसायले १८ प्रतिशत जिडिपी ओगटेको कम्बोडियामा चीनका पर्यटकले मात्र ६ प्रतिशत जती जिडिपीमा योगदान गर्दछन । जुन अहिले विगत ५ हप्तादेखि ठप्प नै छ । यस्तै, ११ प्रतिशत भन्दा बढी पर्यटन व्यवसायले जिडिपी धानेको थाईल्याण्ड र हङकङमा चीनका पर्यटकले मात्रै क्रमशः ४ र ७ प्रतिशत जती जिडिपीमा सहयोग गर्दछ ।

यस्तै मलेसिया, सिंगापुर, श्रीलङ्का, ताईवान, भियतनाम, फिलिपिन्स, ईन्डोनेसिया र दक्षिण कोरियामासमेत चीनका पर्यटकले सम्पूर्ण जिडिपीको १ देखि २ प्रतिशतसम्म प्रभाव पार्ने देखिन्छ । यी पूर्वीय दक्षिण एसियाका देशहरु पर्यटनका लागि प्रख्यात छन् र करिब ४ देखि ६ प्रतिशत जिडिपी पर्यटनबाट नै अर्थतन्त्र धान्दै आएका छन् । यसरी संसारभरि नै चिीनयाँ पर्यटकले उल्लेखनीय रुपमा योगदान गरेको देखिन्छ ।

जसले गर्दा करिब २ दर्जन भन्दा बढी देशमा कोरोना भाइरसको ठूलो असर परेको छ । थाईल्याण्डले मात्रै यस बर्ष १५० मिलियन डलर पर्यटनमा कमी हुन्छ भनी अनुमान गरिसकेको छ । यस्तै जीभीए (ग्रस भ्यालु एडेड) हेर्दा चीनले भियतनामको ६ प्रतिशत व्यापार, ताईवानको १७ प्रतिशत, मलेसियाको १० प्रतिशत, दक्षिण कोरियाको १० प्रतिशित, थाईल्याण्ड र सिंगापुरको १० प्रतिशत भन्दा बढी, चिलीको ७ प्रतिशत, दक्षिण अफ्रिका, अष्ट्रेलिया, पेरु, दक्षिण अरेविया आदी देशमा ५ प्रतिशतसम्म व्यापार हिस्सा साझेदार गरिरहेको छ ।

विश्वभरीका करिब १३० देशमा सानो ठूलो असर परेकै छ तर हाल दुई दर्जन भन्दा बढी देशमा व्यापारको ठूलो असर परेको देखिन्छ ।
कोरोना भाइरसको असरले कच्चा तेलमा केही समयका लागि १५ प्रतिशतसम्म माग कम भएको विश्व जगतले बुझेकै छ । जुन सन् २००० पछिको ठूलो घटना हो । यस्तै ३ हप्ता पहिले तामामा संसारभरिको मागको १३ प्रतिशतसम्म कमी आएको थियो र हाल पनि ६ प्रतिशतसम्म तामाको मागमा कमी नै रहेको छ जुन विश्व अर्थतन्त्रको लागि ठूलो चुनौती हो ।

नेपाली अर्थतन्त्रमा कोरोना भाईरसको असर

२० बर्ष अगाडिसम्म एशियाको शक्ति भनेर चिनिन थालेको चीन अहिले विश्व शक्तिवान राष्ट हुनै लागेको छ । यदि यसको अर्थतन्त्र विग्रियो भने नेपालको अर्थतन्त्रमा असर नपर्ने कुरै भएन । करिब १६ प्रतिशत जती चीनयाँ पर्यटकले ओगटेको नेपालको पर्यटन व्यवसाय कोरोना भाइरसको पहिलो आक्रमण हो । नेपालमा आउने १६ प्रतिशत भन्दा बढी चिनियाँ पर्यटक यो बर्ष २० प्रतिशत पुग्ने अनुमान लगाइएको थियो ।

तर, नेपाल भ्रमण बर्ष २०२० लाई कोरोना भाइरसले ठूलो झट्का दिइने देखिएको छ । प्रत्यक्ष अप्रत्यक्ष रुपमा ७.५ प्रतिशत जिडिपी ओगटेको नेपालको पर्यटन क्षेत्रमा करिब ५ औं भाग चिनियाँ पर्यटकको भएकाले नेपालको जिडिपीमा ३ महिनाका लागि २ प्रतिशतसम्म घाटा हुनु स्वभाविक कुरा नै हो । जसले गर्दा प्रत्यक्ष रुपमा १०० मिलियन डलर भन्दा बढी र अप्रत्यक्ष रुपमा २२० मिलियन डलरभन्दा बढी हिस्सा ओगट्ने पर्यटन व्यवसायमा कोरोना भाइरसले गर्दा ४० देखी ५० मिलियन डलर घाटा वा कमी व्यहोर्नु पर्ने देखिन्छ ।

कोरोना भाईरसले नेपालको अर्थतन्त्रलाई जीभीए (ग्रस भ्यालु एडेड) मा यो बर्ष ३ देखि ४ प्रतिशतसम्म असर गर्ने देखिन्छ । चीनमै व्यापार व्यवसाय बन्द रहेका बेला नेपालले आयात वा केही मात्रामा भए पनि निर्यात गर्नसक्ने कुरा भइरहेको छैन । यो कहिलेसम्म भइरहने हो त्यो पनि अनिश्चित नै छ । जसले गर्दा नेपालमा यसको ठूलो असर परेको देखिन्छ ।

अर्थतन्त्रको हिसाबले विश्वकै प्रमुख ६ देशभित्र पर्ने २ देश भारत र चीनको विचमा नेपाल रहेकाले यदि यी देशमा अर्थ सम्बन्धी केही असर परेमा नेपालमा पनि असर नपर्ने कुरा भएन । तर समयमै सम्बन्धित निकायहरु, संस्थाहरु, व्यक्तिहरुले सरकारलाई उचित सूझाव नदिएको खण्डमा यस्ता घटनाहरुले नेपालको अर्थतन्त्रलाई ठूलो झट्का दिन सक्दछ ।

(दुवाल वुहानमा पीएचीडीरत ईन्जिनियर र चन्द अर्थशाश्त्री हुन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.