१० करोड अमेरिकी डलर सहयोग गरेका बिल गेट्सलाई चिनियाँ राष्ट्रपतिको पत्र

  २०७६ फागुन १० गते १७:५८     विकासन्युज

बेइजिङ । चिनियाँ राष्ट्रपति सि चिनफिङले विनाशकारी कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि १० करोड सहयोग गरेको भन्दै बिल गेट्सलाई पत्र पठाउनु भएका छन् ।

कोरोना भाइरस नियन्त्रणका लागि बिल गेट्सको अगुवाईमा खोलिएको बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनले १० करोड अमेरिकी डलर सहयोग गरेको थियो ।

महामारी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय दायित्व अनुसार सहयोगको घोषणा गरेको फाउन्डेसनका संस्थापकहरुले बताएका थिए ।

कोविड–१९ नाम दिइएको यस महामारीका कारण अहिलेसम्म २ हजार ३४५ जनाको मृत्यु भइसकेको छ भने ७६ हजारभन्दा बढी प्रभावित भएका छन् । यसको सङ्क्रमण विश्वका २५ देशमा देखिएको छ ।

राष्ट्रपति चिनफिङले “तपाईको सहयोगको प्रतिबद्धतालाई मैले गहिरोसँग मनन गरेको छु, अति महत्वपूर्ण र संवेदनशील क्षणमा चिनियाँ नागरिकप्रति तपाईहरुले देखाउनु भएको सहानुभूति र ऐक्यबद्धता प्रति हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।” लेखेका थिए ।

उनले चीन अहिले महामारी विरुद्ध लडिरहेकाले संकटपूर्ण अवस्थामा पत्रमा उल्लेख गरेको चिनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ । रासस/एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.