भारतको उत्तर प्रदेशमा भेटियो तीन हजार टनको सुन खानी

  २०७६ फागुन ९ गते १८:४२     विकासन्युज

एजेन्सी: भारतको उत्तर प्रदेश राज्यस्थित सोनभद्रको सोन पहाडी र हरदी सुन खानी  भेटिएको छ । स्थानीय प्रशासनले सुन खानी भेटिएको पुष्टि गरेकाे छ।

उत्तर प्रदेश सरकारले सोनभद्रको हरदी गाउँ इलाकास्थित दुई पहाडमा सुन, युरेनियमसमेत कयौँ धातुको विशाल खानी रहेको पुष्टि गरेको हाे ।

अहिले यही रिपोर्टले स्थानीयमा खुसीको लहर ल्याएको हो।  रिपोर्टका अनुसार यी पहाडी क्षेत्रमा ३ हजार टन सुनको खानी मिलेको हो। जसको लिलामीका लागि सरकाले प्रक्रिया थाल्न लागेको छ।

भारत अहिलेसम्म संसारकै सबैभन्दा थोरै सुनखानी रहेको देशमा पर्छ। तर, यो सुन खानी भेटिएपछि अब भारत विश्‍वकै दोस्रो धेरै सुन भएको देशकाे रुपमा चिनिने छ।

जानकारी अनुसार अहिलेसम्म अमेरिका पहिलो नम्बरमा छ। अमेरिकासँग ८ हजार १ सय ३३.५ टन सुन छ। जर्मनीसँग ३ हजार ३ सय ६६ टन रहेको छ। तेस्रो नम्बरमा अन्तर्राष्ट्रिय मुद्रा कोषसँग २ हजार ८ सय १४ टन सुन छ। त्यसपछि इटाली, फ्रान्स, र रूससँग बराबरी सुन छ।

उत्तर प्रदेशको सोनभद्र जिल्लामा सुन खानी मिलेपछि त्यहाँको पूरै क्षेत्रमा उत्साहको माहोल छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.