हुम्लामा भारी हिमपात

  २०७६ फागुन ९ गते १८:२९     विकासन्युज

काठमाडौं । हुम्लामा पुन: हिमपात सुरु भएकाे छ । बिहानैबाट आकाशमा बादल लागे पनि अहिले हिमपात सुरु भएको हो। हिमपातसँगै चिसो बढेको छ।

हिमपात सुरु भएपछि जमिनमा तीन इन्च हिउँ जमेको र अझै हिउँ पर्ने क्रम जारी रहेको बताइएकाे छ ।

शिवरात्रि भएका कारण बिहान मानिसको चहल पहल शिव मन्दिर जाने बढी भएपनि हिमपात सुरु हुँदा सिमकोट बजारमा मानिसहरुको उपस्थिति निक्कै कम रहेको छ।

अग्ला क्षेत्रमा हिमपात बढी भएको छ। वनमा चराउन लगिएका पशुवस्तुहरु पनि हिमपात सुरु भएपछि दिउँसै घरमा ल्याइएको थियो। हुम्ला जिल्ला नवौं पटकको हिमपात हो। गत वर्ष फागुन पहिलो हप्ता ठूलो हिमपात भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.