बागलुङ्गमा मोटरहेडकाे नयाँ शोरुम, विभिन्न ५ मोडलका बाइक पाइने

  २०७६ फागुन ९ गते १६:१५     विकासन्युज

काठमाडौं । नेपालका लागि मोटरहेड मोटरसाइकल कम्पनीको आधिकारीक विक्रेता एस.एल.आर. टेक्नो एण्ड ट्रेडले बागलुङ्गमा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । उक्त शोरुमको उद्घाटन प्रमुख अतिथि झपेन्द्र बहादुर जि.सी. र कम्पनीका बिजनेश डेभलपमेन्ट हेड साइमन रसाईलीले संयुक्त रुपमा गरेका हुन् ।

राजेश जि.सी.को स्वामित्वमा रहेको उक्त ‘सावित्री अटोमोबाईल डिलरसिप’ मा मोटरहेड कम्पनीका सबै प्रकारका मोडेलहरु उपलब्ध हुनेछन् ।

कम्पनीका अनुसार यस शोरुममा हाल ५ थरी मोडेलका मोटरसाईकलहरु उपलब्ध रहेको छ । जसमा १५० सीसीदेखि २५० सीसीसम्म रहेको सावित्री अटोमोबाइल्सका सञ्चालक राजेश जि.सी.ले जानकारी दिएका छन् ।

नेपाली भौगोलिक बनावटलाई लक्षित गर्दै बनाइएको उक्त मोटरसाईकलहरुले न्यूनतम मूल्यमा ग्राहकहरुको चाहनालाई पूरा गरिरहेको मोटरहेड ब्राण्डका विजनेश डेभलपमेन्ट हेड साइमन रसाइलीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.