घरमै बसेर १ सय ४५ देशका नागरिकलाई पढाउने ‘ग्लोकल टिन हिरो’ समिरको कथा

  २०७६ फागुन ९ गते १३:४९     डोमी शेर्पा

काठमाडौं । यो सूचना प्रविधिको युग हो । दिनप्रतिदिन बढ्दै गएको सूचना प्रविधिको विकास सँगै यसको कार्यक्षेत्र पनि फराकिलो हुँदै गएको छ । सूचना प्रविधिको सही सदुपयोग गरे सफल र धेरै ज्ञान प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् मोरङका समिर फुयाँल ।

समिर फुयाँल ग्लोकल टिन हिरो हुन् । यही सूचना प्रविधिको सही सदुपयोग, जिज्ञासु र सूना प्रविधिमा उच्चतम ज्ञान भएकै कारण उनी २०१९ को ग्लोकल टिन हिरो बने । सरल, नम्र र जिज्ञासु स्वभावका समिरको प्रविधि तथा विज्ञान सम्बन्धिको उत्सुकता, कामप्रतिको रुचि, र काममा निरन्तरताले उनी हाल एक प्रख्यात सफ्ट डिजाइनर वा डेभलपर्सका नामले परिचित छन् ।

समिरले जीवनमा धेरै काम गर्न बाँकी नै छ । उनी भर्खर कक्षा १२ मा पढ्दैछन् । तर, धेरेले पत्याउँदैनन् की उनी कक्षा १२ मा पढ्छन् । उनी अहिले १८ वर्षका भए ।

भनिन्छ नी–‘भगवानले एउटा–एउटा गुण सबैलाई दिएको हुन्छ’, तर त्यो गुणलाई जिवित राख्नु वा त्यसलाई फलाउनु फुकाउनु भने स्वयमं व्यक्तिको हातको कुरा हो । यस्तै, आफुलाई पनि भगवानले एउटा गुण दिएको हुन सक्ने समिर बताउँछन् ।

उनी सानैदेखि सूचना तथा प्रविधिमा रुचि राख्ने स्वभावको भएको बताउँछन् । ‘म कक्षा आठमा पढ्थेँ, त्यतिखेर मलाई माईक्रोसफ्ट वर्ड र फोटोसपप्रति एकदमै रुचि लाग्यो, कक्षामा पढे अनुसार नै काम गर्न व्यवहारमा उतार्न थालेँ’, उनले भने ।

कक्षामा जब शिक्षकले सूचना प्रविधिको बारेमा सिकाउँथे आफु धेरै उत्सुकता जनाएर पढ्ने उनी बताउँछन् । दिन बित्दै गए । त्यो दिन समिरलाई अझैँ याद आउँछ । शिक्षकले कक्षामा प्रोग्रामिङको बारेमा पढाउँदै थिए, यो कुरा तिमीहरुलाई काम लाग्दैन, अर्को पाठ पढौं भने ।

सूचना प्रविधि र प्रोग्रामिङको बारेमा जान्न एकदमै उत्सुक समिरलाई भने रमाइलो लाग्यो त्यो कुराले । उनी झन उत्सुक भए । नपढ्ने चिज भए त किन किताबमा समावेश गरेको ? उनले त्यो पाठ झन उत्सुक भएर पढेको बताए । उनले त्यो पाठ पढेर प्रोग्रामिङ सम्बन्धि धेरै कुरा सिके ।

गाउँघरमा कतै पनि कम्प्युटर इन्स्टिच्युट थिएनन् । यसले पनि उनलाई समस्या पारिरहेको थियो । उनले किताब पढेरै धेरै कुराको ज्ञान भयो । अब उनले किताब पढेर मात्र भएन । सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा उतार्ने अठोट गरे । कक्षा ९मा पढ्दापढ्दै उनले यूटुव र वेबसाइटबाट नै ज्ञान हासिल गर्न सुरु गरे ।

उनका साथीहरु कम्प्युटरमा गेम खेलेर समय बिताउँथे । आफु भने वेभ डेभलेपमेन्टका कोर्षहरु सिक्दै बस्ने उनी बताउँछन् । त्यही इन्टरनेट समिरको जीवनका लागि एक किसिमको टर्निङ प्वोइन्ट बन्यो । गर्दै–सिक्दै जाँदा उनी प्रोग्रामिङमा दख्खल राख्न थाले । धेरै दक्ष पनि बने ।

त्यही दख्खलताले उनी २०१९ को ग्लोकल टिन हिरो पनि बने । र, त्यही निरन्तरता र कामप्रतिको जिम्मेवारी बोधले उनी हाल एक शिक्षकको रुपमा चिनिएका छन् । उनी हाल विभिन्न स्थानिय कम्पनीहरुको वेभसाइट बनाउनको साथै विभिन्न एप्सहरु निर्माण गर्दैछन् । उनले अनलाइन विज्ञापन मञ्चको रुपमा ‘नयाँ किनमेल डट कम’ वेभसाइट सुरु गरेका छन् ।

विज्ञापनलाई डिजिटाइज गरी खरिदकर्ता र बिक्रेताबिचको दुरिलाई घटाउने उद्धेश्यले अनलाईन मन्चको सुरुवात गरेको उनी बताउँछन् । समिर फुयाँले श्रेय पाउने अर्को ठूलो कुरा छ । त्यो हो अनलाइन शिक्षण । उनी हाल अनलाइनमार्फत नै १ सय ४५ देशका १३ हजारभन्दा बढि मानिसहरुलाई युडेमि एपको मार्फत डिज्याङ्गो कोर्ष सिकाउँदै आएका छन् ।

उनी वेभ एप्लिकेसन कोर्षको बारेमा सरल रुपमा अनलाइनमार्फत ती मानिसहरुलाई सिकाउँदै आएको बताउँछन् । उनी सबैलाई सशुल्क पढाउँछन् । प्रति कोर्षको ९.९९ डलरको हिसाबले पढाउने गरेको उनी बताउँछन् । समिरले धेरै एप्स पनि निर्माण गरेका छन् । समिरले कक्षा १२का विद्यार्थीहरुको लागि म्याजिक अफ बोर्डसको सारांश र प्रश्न उत्तरको एप्स पनि बनाएका छन् ।

उनी सूचना प्रविधिको प्रयोगलाई बढाई युटुवमा पनि सक्रिय छन् । यसका साथै उनी हालै  आइसीटी ज्ञान (ICT Gyan)नाम गरेको युट्युबमा च्यानल चलाईरहेका छन् । उनी त्यसमा नेपाली भाषामा वेभ डेभलपमेन्ट र प्रोग्रामिङका कोर्ष सिकाउँछन् । उनी हाल पनि मोरङमै बस्छन् ।

काठमाडौंमा भन्दा बाहिर बसेको कारण अवसरहरु कम आउने समिर बताउँछन् । त्यसैले उनी काठमाडौमां आउने सोच बनाइरहेका छन् । भविश्यमा टेक्नोलोजिको क्षेत्रमा राम्रो योगदान दिने चाहना समिरको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.