खानेपानी टेक्निसियन चित्रबहादुर केसी २ लाख घुससहित पक्राउ

  २०७६ फागुन ९ गते १३:२८     विकासन्युज

काठमाडौं । सुर्खेतमा कार्यरत खानेपानी तथा सरसफाई टेक्निसियन चित्रबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको छ ।

भेरीगंगा नगरपालिकाको तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न पश्चात भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको सूचनाका आधारमा केसीलाई नियन्त्रणमा लिइएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिई गएको टोलीले निज चित्र बहादुर केसीलाई घुस बापत २ लाख रुपैयाँ लिइसकेको अवस्थामा उक्त रकम सहित मदानीचौरस्थित उन्नती टोलबाट बिहीबार नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.